जनता टाइम्स

२६ फाल्गुन २०७६, सोमबार १०:२१

आहा ! कति सुन्दर काठमाडौं (फोटोफिचर)


काठमाडौं, फागुन २६

बसन्त ऋतृको आगमनसँगै काठमाडौंका सडकमा अहिले रंगीचंगी फुलहरु फुल्न थालेका छ । चिनियाँ राष्ट्रपति नेपाल आउँदा सडकमा रोपिएका फुलहरु अहिले फुल्न थालेका छन् । जसले गर्दा काठमाडौंको रौनक र सुन्दरता बढ्न थालेको छ ।

विशेषगरी काठमाडौँको तीनकुनेबाट त्रिभूवन विमानस्थल जाने बाटोको किनार अहिले रंगिन बनेका छन् । बाटो छेउमा रहेका चेरीका बोटहरु अहिले ढकमक्क छन्, गुलाबी, राता, सेता तथा छिरकेमिर्के फूलहरुले । सो बाटो भएर हिड्ने जो कोहीको मन आनन्दित हुने गरेको छ । यसैगरी माइतिघर वरपर समेत फुलहरु फुलेका देखिन्छन् । यस्तै केही समयपछि ज्याकरकाण्डा लगायतका फुलहरु फुलेपछि राजधानी थप सुन्दर देखिनेछ ।