काठमाडौं, फागुन २८ । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको लोकन्थलीस्थित घरमा बम बिष्फोट भएको छ । आज बिहान करिव ८ बजेको समयमा अज्ञात समुहले निवर्तमान मन्त्री बाँस्कोटाको घरमा बम बिष्फोट गराएको हो ।
निवर्तमान मन्त्री बाँस्कोटाका छिमेकीसमेत रहनुभएका नेकपा बागमति प्रदेशका सचिव तथा पूर्वमन्त्री आनन्द पोखरेलका अनुसार बिष्फोटबाट कम्पाउण्डको वाल लडेको छ भने घरको जगसमेत चर्किएको छ ।
यस्तै एउटा गाडीमा क्षती पुगेको छ । बाँसकोटाको छिमेकीको घरमा समेत क्षती पुगेको छ । घटनालगत्तै घटनास्थलमा सर्वसाधरणको भीड लागेको छ । बिष्फोटको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन ।
प्रतिक्रिया दिनुहोस्