जनता टाइम्स

२८ फाल्गुन २०७६, बुधबार १४:०६

‘बाँस्कोटाको घरमा बम बिष्फोट गराउने आतंककारी’


काठमाडौं, फागुन २८

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफ्ना पार्टीका केन्द्रीय सदस्य तथा पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाको मनोहराफाँटस्थित निवासमा गराइएको विस्फोटको घटनाको निन्दा गर्नुभएको छ । घटनामा संलग्नलाई नियन्त्रणमा लिएर कडा कानूनी कारबाही गर्न पनि प्रचण्डले सरकारसमक्ष माग गर्नुभएको छ ।

बुधबार बिहान बाँस्कोटाको निवासमा बम विस्फोट भएको थियो । अध्यक्ष दाहालले घटना आतंककारी समूहले गराएको टिप्पणी गर्नुभएको छ । उहाँले एक विज्ञप्ति जारी गर्दै घटनाको निन्दा एवं भत्र्सना गर्नुभएको हो । विस्फोटबाट बास्कोटाको कम्पाउन्ड, रोकिराखेको भ्यानसँगै छिमेकीको घरमा क्षति पुगेको छ ।

‘हाम्रा पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री कमरेड गोकुलप्रसाद बास्कोटाको भक्तपुरस्थित निजी निवासमा आतंककारी समूहले प्रेसर कुकर बम प्रहार गरेर क्षति पुर्याएको छ । म पार्टीको तर्फबाट उक्त आपराधिक घटनाको घोर निन्दा एवं भत्र्सना गर्दछु,’ नेकपा अध्यक्ष प्रचण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।