जनता टाइम्स

२९ फाल्गुन २०७६, बिहीबार १५:४२

गाउँपालिकाले डिजिटल नागरिक सहायता कक्ष सञ्चालन गरेपछि..


निता राउत/फागुन २९ । रामेछापको सुनापति गाउँपालिकाले डिजिटल नागरिक सहायता कक्ष सञ्चालन गरेसँगै सेवाग्राहीले निकै खुसी भएका छन । गाउँपालिकाको यो कामले मतदाता मात्रै खुसी भएका छैनन, गाउँपालिकाकै काम पनि निकै प्रभावकारी भएको छ ।

गाउँपालकाले सञ्चालन गरेका डिजिटल नागरिक सहायता कक्षमा गाउँपालिकाको बडापत्र, आवश्यक पर्ने कागजात, सेवा शुल्क, साथै जनप्रतिनिधिको विस्तृत बिवरणसहितको जानकारी समावेश गरिएको छ । डिजिटल नागरिक सहायता कक्षमा आवाज र भिडिया सँग सगै जाने भएकोले गाउँपालिकाभित्रका फरक क्षमता भएका व्यक्तिलाई बुझन पनि सहज हुने भएकोले डिजिटन नागरिक वडापत्र राखिएको सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामाले जानकारी दिनुभयो ।

डिजिटल कक्षमा सेवाग्राही आउनुहुन्छ, आफुलाई आवश्यक पर्ने सेवाको बारेमा बुझनुहुन्छ, अनि त्यसैको आधारमा आवश्यक पर्ने कागजातहरु तयार पारेर ल्याउनु हुन्छ,,’ जनताटाइम्ससँग अध्यक्ष लामाले भन्नुभयो । अध्यक्ष लामाका अनुसार डिजिटल नागरिक सहायता कक्षमा अब सूचनाहरु पनि समावेश गरिनेछ । पढन् नसक्ने, लेखपढ गर्न नजान्ने, आँखा नदेख्नेका लागि यो निकै उपयोगी रहेको अध्यक्ष लामाको भनाई छ ।