जनता टाइम्स

३० फाल्गुन २०७६, शुक्रबार १६:४५

स्वास्थ्यमा सुधार आएपछि प्रधानमन्त्री सामाजिक सञ्जालमा सक्रिय


काठमाडौं, फागुन ३०

प्रधानमन्त्री केपी शर्मा ओलीको सामाजिक सञ्जालमा आजबाट सक्रियता बढेको छ । दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि उहा सामाजिक सञ्जालबाट टाढा रहनु भएको थियो । तर, शल्यक्रियाको १० औं दिनमा चिकित्सकले उहालाई ट्याबलेट प्रयोग गर्न अनुमति दिएका छन् ।

शल्यक्रियापछि संक्रमण फैलिने डरले चिकित्सकले विद्युतीय सामाग्री चलाउन दिएका थिएनन् । तर, स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि शुक्रबारबाट ट्याबलेट चलाउन दिएको उहाका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले जानकारी दिनुभयो । उहाले टिवटरमा भन्नुभएको छ, ‘चिकित्सकहरुले प्रधानमन्त्रीज्यूलाई ट्याबलेट प्रयोगको अनुमती दिनु भयो ।’ ट्याबलेट प्रयोग गर्ने वित्तिकै उहाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आग्रहलाई स्विकार गर्दै कोरोना भाइरसविरुद्ध सार्क राष्ट्र एक जुट हुनुपर्ने जवाफ दिनुभएको छ ।

प्रधानमन्त्री ओलीलाई संक्रमणको उच्च जोखिम रहेको भन्दै चिकित्सकले आठ दिनसम्म कसैलाई भेट्न दिएका थिएनन् । आठौं दिनमा उहालाई मिर्गौला दिएकी भान्जी समिक्षा संग्रौलाले भेट्नु भएको थियो भने नवौं दिनमा उहाकी पत्नी राधिका शाक्यले भेट्नु भएको थियोे ।