जनता टाइम्स

१ चैत्र २०७६, शनिबार १०:१४

धनुषामा विषाक्त रक्सी सेवन : मृतकको सख्या ८ पुग्यो


जनकपुरधाम, चैत १

धनुषामा विषाक्त घरेलु मदिराको सेवनले मुत्यु हुनेको संख्या ८ पुगेको छ । घरेलु विषाक्त मदिरा सेवनले सिकिस्त बिरामी परेका ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो ।

जानकी मेडकल कलेज शिक्षण अस्पताल जनकपुरमा उपचाररत क्षीरेश्वनाथ नगरपालिका–२ रमदैयाका सत्रुधन मण्डल र धरानमा उपचारको क्रममा ईन्द्रजीत सदाको मृत्यु भएको छ । दुवै जनाको उपचारको क्रममा मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ । मदिरा सेवन गरेका स्थानिय श्रीदेव भनिने मोसराम यादवको समेत मृत्यु भएको छ ।

यस अघि विषक्ता मदिरा सेवनले क्षीरेश्वनाथ नगरपालिका–१ रमदैयाका ३५ वर्षीय ब्रमहेव यादव, ४० वर्षीय रामविलास मण्डल, ६५ वर्षीय गुदरी महरा र क्षीरेश्वनाथ नगरपालिका–२ रमदैयाका ३६ वर्षीय रामनरायण महरा र भारत घर भइ रमदैया बस्दै आएका ३० वर्षीय राजु महराको मृत्यु भएको थियो ।

मदिरा सेवनले सिकिस्त रामइश्वर महराको जानकी मेडिकल शिक्षण अस्पताल र जानकी हेल्थ केयरमा ५० वर्षीय सिताराम महराको जनकपुरमा उपचार भइरहेको छ । बुधबार बिहान १० बजे विषाक्त मदिरा सेवन गर्नेहरुको साझ देखि स्वास्थ्यमा समस्या आएको थियो । विषाक्त मदिरा सेवनले एउटै वस्तीमा ८ जनाको मृत्यु भएपछि सिंगो गाउनै शोकमा डुबेको छ ।