जनता टाइम्स

२ चैत्र २०७६, आईतवार १०:५१

गम्भिर आरोप लगाउदै जिपीसँग डिभोर्स गर्दै पूर्व मिस नेपाल उषा


काठमाडौं, चैत २

पूर्व मिस नेपाल उषा खड्गीले आफ्नो १७ वर्ष लामो वैवाहिक जीवन टुङ्ग्याएको घोषणा गर्नुभएको छ । जिपी तिमल्सिनासँग वैवाहिक जिवनमा बाधिनु भएकी खड्गीले इमेज टेलिभिजनलाई दिएको अन्तरवार्ताको दुई भिडियो क्लिपसहितको फेसबुक पोस्ट गरेर डिभोर्स गरिएको बताउनु भयो ।

तिमल्सिनासँगको १७ वर्ष लामो वैवाहिक जीवन समापन गरेको सार्वजनिक गर्नुभयो । ‘विवाह गरेको १७ वर्षपछि पनि मैले शारिरिक र मानसिक दुर्व्यवहार भोग्नुपर्छ भने त्यसलाई निरन्तरता दिनुको कुनै आधार छैन’, उहाले सो फेसबुक पोस्टमा लेख्नु भएको छ । पोस्टमा उहाले सो क्रियाकलापलाई ‘नाईं’ भन्ने निर्णय गरेको भन्दै सहयोग र साथ दिने सबैलाई धन्यवाद दिनुभएको छ ।

शनिबार गरिएको पोस्टमा उहाले आफू र आफ्ना सन्तानको अधिकारका लागि लड्ने पनि लेख्नु भएको छ । खड्गी मिस नेपाल–२००० को ताज विजेता हुनुहुन्छ । उहाको जिपी तिमल्सिनासँग प्रेम विवाह भएको थियो ।