काठमाडौं, चैत २ । संस्कृति, पर्यटन, तथा नागरिक उड्ययनमन्त्री योशगे भट्टराईले सरकारले गरेको राम्रो कामलाई समेत पार्टीले बोक्न नसक्दा जनतासम्म राम्रो काम पुग्नै नसकेको आफ्नो निश्कर्ष सुनाउनु भएको छ । सत्तारुढ नेकपाका स्थायी समिति सदस्यसमेत रहनुभएका मन्त्री भट्टराईले पार्टीले सरकारलाई जुरुक्कै नबोक्दासम्म सरकारले गरेको राम्रो काम जनतामा पुग्नै नसक्ने तथ्यसमेत औल्याउनु भयो ।
‘ सिंगो पार्टीले केपी ओली नेतृत्वको सरकारलाई बोक्नुपर्यो । केही समस्या छन भने पार्टीभित्र छलफल गरेर धारणा बनाउनुपर्यो, त्यसलाई बोक्नुपर्यो । सिंगो सरकारले पार्टीलाई सपोर्ट गर्नूपर्यो । पार्टीले सिंगो सरकारको कामलाई बोक्नुपर्यो । यो नै अहिलेको आवश्यकता हो,’ एबिसी टेलिभिजका लागि शुभशंकर कँडेलसँगको आउटलुकमा बोल्दै पर्यटनमन्त्री भट्टराईले भन्नुभयो । उहाँले बिचारको हिसावमा नेकपामा समस्या नभए पनि सिंगो पार्टीले सरकारलाई नबोक्दा समस्या आएको बताउनु भयो ।
‘बिचारको समस्या छैन, बैचारिक हिसावले हामी अलमलमा छैनौं । पार्टी एकताको बेला जे दस्तावेज ल्याएका छौं, हामीलाई गाइड गर्ने मुलत त्यही दस्तावेज हो,’ भट्टराईले भन्नुभयो, ‘संगठनात्मक हिसावले जति सेप लिनुपर्नै थियो, त्यो गर्न सकेनौं । ढिला हुँदै जाँदा पूर्वसमुहको नाममा बार्गेनिङ पनि भयो, सुँढ घुसाउने काम भयो ।’
https://www.facebook.com/abctelevision/videos/719584768801468/
प्रतिक्रिया दिनुहोस्