जनता टाइम्स

३ चैत्र २०७६, सोमबार १५:०३

मास्क कालोबजारी गरेर बेच्ने नेविसंघका नेता पक्राउ


काठमाडौं, चैत ३

कालो बजारी गर्न जम्मा गरिएको ७८ हजार सर्जिकल मास्कसहित नेबिसंघ बाजुरा–काठमाडौं सम्पर्क समिचि सचिव थुमराज उपाध्यायसहित सात जना पक्राउ परेका छन् । काठमाडौंको डब्लुबाट उनीहरुलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो । सचिब थुमराज उपाध्यायसँग बाजुराकै नृप कार्की समेत परेका छन् । त्यस्तै पक्राउ पर्नेमा गोदामका मालिक काभ्रेका मिन्टु तामाङ, नागार्जुन २ का अनिश कार्की, उज्जल अधिकारी, काभ्रे रोशी–९ का मानकाजी लामा छन् ।

यस्तै काभ्रेका गणेश तामाङ र रामेछापका शिव खड्का पनि पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट ७८ हजार २ सय ५० वटा सर्जिकलम मास्क बरामद भएको छ । मञ्जुश्री सप्लायर्सले ३/४ रुपैयाँ पर्न एउटा मास्क ३१ रुपैयाँमा दिने र बजारमा ५० रुपैयाँमा बेच्ने तयारी गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।