जनता टाइम्स

५ चैत्र २०७६, बुधबार १०:५७

काठमाडौमै १७ वर्षिय किशोरीमाथी ट्रकमा सामुहिक बलात्कार


काठमाडौं, चैत ५

काठमाडौंको थानकोट क्षेत्रमा एक किशोरी सामुहिक बलात्कार परेकी छन् । घर जान हिडेकी १७ वर्षिय किशोरीलाई तीन जना युवाले सामुहिक बलात्कार गरेका हुन् ।

चन्द्रागिरि नगरपालिका–१५ तीनथानामा पार्किङ गरेर राखिएको ना ३ ख ६९४ ट्रकभित्रै चालक तथा सहचालक ३ जना मिलेर किशोरीलाई सामूहिक बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ । थानकोटस्थित महानगरीय प्रहरी वृत्तका अनुसार मंगलबार धादिङ घर भएकी किशोरीलाई ति युवाहरुको समुहले भेटाएको थियो । घर जान हिडेकी उनलाई ट्रकमा लागि दिने भनेर उनिहरुले फकाएका थिए । त्यस क्रममा तीन जनाले फेला पारी उनलाई घर पुर्‍याइदिने भन्दै सडक किनारमा पार्किङ गरी राखिएको ट्रकभित्र लगेर सामूहिक बलात्कार गरेका हुन् ।

प्रहरीले बलात्कारमा संलग्न भएको आरोपमा राप्ती गाउँपालिका–१, दाङ स्थायी ठेगाना भएका २४ वर्षीय सञ्जय घर्ती मगर, सिन्धुली सुनकोशी गाउँपालिका–९ का १९ वर्षीय पासाङ तामाङ र गोकुलगंगा गाउँपालिका–२, रामेछापका १९ वर्षीय कपिल खड्कालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूलाई थानकोट प्रहरी वृतको हिरासतमा राखेर प्रहरीले घटनान अनुसन्धान अघि बढाएको छ । पीडित किशोरीलाई भने माइती नेपाल संस्थाको जिम्मा लगाइएको थानकोट प्रहरीले जानकारी दिएको छ ।