जनता टाइम्स

५ चैत्र २०७६, बुधबार १२:४२

कांग्रेस नेतृ चित्रलेखा यादवसँग बुहारी रानीको आक्रोश : बिहे छोरासँग, बेड शेयर बाउसँग गर्नुपर्ने ?


काठमाडौं, चैत ५ । नेपाली कांग्रेसकी नेतृ तथा पूर्व उपसभामुख चित्रलेखा यादव र उहाँका पति श्रीकृष्ण यादवबिरुद्ध बुहारी रानीले गम्भीर आरोप लगाउनु भएको छ । आफ्नो पति अमेरिकामा रहेको मौका छोपेर चित्रलेखाकै सहमतिमा ससुरा श्रीकृष्णले आफूलाई यौन हिंसा गरेको आरोप रानीले लगाउनु भएको हो ।

रानीले आइतवार फेसबुकमार्फत यो आरोप बाहिर ल्याउनु भएको हो । रानीको आरोपमा पाँच वर्षयता आफू ससुराबाट यौनहिंसामा परेको र यो घटनामा चित्रलेखासमेतको सहमति रहेको उल्लेख छ । ‘मेरो श्रीमान कहिले आउँछ भन्ने प्रश्न गर्दा तिमीलाई मेरो छोराले फिजिकल स्याटिसफ्याक्सन दिन सक्दैन, म दिन्छु भन्ने ससुराबाउ कुन दर्जाको होला ?’ रानीले लेख्नुभएको छ । यातनाका कारण आफूले कुनै नराम्रो कदम चाले त्यसको जिम्मेवार चित्रलेखा यादवको सम्पूर्ण परिवार हुने जनाउ पनि रानीले दिनुभएको छ । रानीले ससुरा श्रीकृष्णविरुद्ध लेख्नुभएको छ, ‘अपराधी डाक्टर श्रीकृष्ण यादव हो । मेरो ठूलो गल्ती एउटै हो कि, मैले उनीहरूको इज्जतको ख्याल गरें । मैले सम्बन्धित निकायमा जानकारी दिइनँ । तर मसँग सबै प्रमाण छन ।’

रानीका श्रीमान लामो समयदेखि अमेरिकामा छन । सिरहाको लहानमा दरबार होटलसमेत सञ्चालन गरेको यादव परिवारमा उक्त होटलको स्वामित्वमा विवादसमेत रहँदै आएको छ । परिवारका केही सदस्यले रानीले लगाएको आरोपका पछाडि होटलको स्वामित्व विवाद कारण हुन सक्ने बताए पनि तथ्य दिन सकेका छैनन ।

श्रीकृष्ण र वीरेन्द्र साहले मिलेर करिब तीन वर्षअघि दरबार होटल सञ्चालनमा ल्याएका थिए । त्यतिबेला श्रीकृष्णको २५ र साहको ७५ प्रतिशत लगानी थियो । बुहारी रानीले अहिले त्यही लहानको दरबार होटलमै पटक–पटक ससुरा श्रीकृष्णबाट यौन दुब्र्यवहार भएको आरोप लगाउनु भएको हो । चित्रलेखा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेत्रीत्वको मन्त्रिपरिषदमा शिक्षामन्त्री हुनुहुन्थ्यो ।

‘बुहारीलाई आफूसँग होटलको बन्दकोठामा ढोका लक गरेर २ घण्टा आराम कुन थकान मेटाउन गर्छन ? ससुराले किस गरेर र अँगालो हाल्दै छोरा छैन यहाँ, त्यो भएर फिल नहोस, मायाको कमी भनी सिकाउने सासू कुन क्लासको होला ?’ रानीको फेसबुक पोस्टमा मंगलबार साँझसम्म दुई दर्जनभन्दा बढी कमेन्ट देखिन्छ भने त्यसलाई १६ जनाले सेयर गरेका छन । साढे चार वर्षको छोरा च्यापेर रानीले घर र माइती छाडनुभएको र सम्पर्कमा नरहेको बताइएको छ ।