जनता टाइम्स

६ चैत्र २०७६, बिहीबार १०:१५

प्रचण्डका सबै कार्यक्रम र भेटघाट स्थगित


काठमाडौं, चैत ६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै सार्वजनिक कार्यक्रम र भेटघाट बन्द गर्नुभएको छ । सरकारले कोरोनाको सतर्कताका लागि दिएको निर्देशन पालाना गर्दै नेकपा अध्यक्ष प्रचण्डले सबै भेटघाट र सार्वजनिक कार्यक्रम स्थगित गर्नुभएको हो ।

प्रचण्डका स्वकीय सचिव गंगा दाहालले सामाजिक सञ्जाल फेसबुक मार्फत अध्यक्ष प्रचण्डको भेटघाट समेत स्थगित भएको जानकारी दिनुभएको हो । ‘विश्वभर महामारीका रुपमा फैलिदै गएको कोरोना भाईरसका कारण अध्यक्ष कमरेड प्रचण्डद्वारा गरिने सम्पुर्ण भेटघाट (अत्यावश्यक बाहेक) हाललाई स्थगित गरिएको छ,’ दाहालले भन्नुभएको छ ।