जनता टाइम्स

६ चैत्र २०७६, बिहीबार ११:२५

गोरखा संग्राहालय ४३ दिन बन्द


गोरखा, चैत ६

विश्वब्यापी रुपमा फैलिएरहेको कोरोना भाइरसको संभावित संक्रमणबाट बच्न गोरखा संग्राहालय ४३ दिन बन्द हुने भएको छ । विहिबारबाट आन्तरिक तथा वाह्य पर्यटक प्रवेशमा रोक लगाइएको संग्राहालयका प्रमुख नवराज अधिकारीले बताउनुभयो । उहाँले संग्राहालयको प्रदर्शनी कक्षहरु बन्द हुने बताउनुभयो ।

कोरोना भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको निर्णय अनुसार २०७७ वैशाख १८ गते (३० अप्रिल २०२०) सम्मका लागी प्रदर्शनीकक्षहरु बन्द रहने उहाँले बताउनुभयो । कार्यालययको काम भए पनि भिजिटरका लागि नखुल्ने उहाँको भनाई थियो । गोरखा संग्राहालयमा दैनिक ५० भन्दा बढी आन्तरिक तथा वाह्य पर्यटकहरु आउने गर्छन् ।