जनता टाइम्स

६ चैत्र २०७६, बिहीबार १७:५०

३२१०० नम्बर डायल गरे थाह पाइन्छ कोरोनाबारे सम्पुर्ण जानकारी


काठमाडौं, चैत ६ । नेपाल टेलिकमले कोरोना भाइरस सम्बन्धी जानकारी दिने उद्देश्यले ३२१०० नम्बर डायल गरी सुन्न सकिने व्यवस्था गरेको छ । टेलिकमले ‘एनटी सूचनाको संसार’ सेवामार्फत कोभिड–१९ बारे जानकारीमूलक सामग्री आफ्नो मोबाइलमार्फत ३२१०० नम्बर डायल गरी निःशुल्क सुन्न सकिने व्यवस्था गरेको हो ।

उक्त नम्बरमा कल गरे पश्चात कोभिड–१९, यसका लक्षणहरु, फैलने तरिका, उपचार विधि, संक्रमणबाट बच्न अपनाउनु पर्ने उपायहरु र अपनाउनु पर्ने सावधानीबारे विश्व स्वास्थ्य संगठनले जारी गरेका सूचकहरुका बारेमा जानकारी प्राप्त गर्न सकिने टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिनुभएको छ ।

जोशीले जारी गर्नुभएको बिज्ञप्तीअनुसार ३२१०० नम्बर डायल गरेपछि यस सम्बन्धि थप जानकारी लिनका लागि सरकारका हटलाइन नम्बरहरु समेत थाहा पाउन सकिने छ । यस्तै नेपाल टेलिकम नेटवर्क्भित्र फोन गर्दा कलर रिंग ब्याक टोन (सीआरबीटी) मार्फत कोरोना भाइरसबारे सूचना प्रवाह गरेको छ । बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबारे नेपालमा सवैलाई सचेत गराउँदै सावधानी अपनाउनका लागि टेलिकमले यस्तो ब्यवस्था गरेको हो ।