जनता टाइम्स

७ चैत्र २०७६, शुक्रबार ०७:३४

भूमाफियाले यसरी हडप्यो मसानघाटको ६ बिघा जग्गा


सिमरा (बारा), चैत ७ । नेपाल सरकारको राष्ट्रिय गौरव र पहिलो प्राथमिकताका आयोजनाहरू बारामा रहेपछि जग्गाको कारोबारमा भूमाफियाले दशक यता स्थानीय सरकार नहुदा गरेको किर्ते किनबेच र कारोबार धमाधम बाहिर आउन थालेको छ । सिमरालाई मुख्य थलो बनाई कर्मचारी, राजनैतीक दलका नेता, स्थानीय अगुबालाई आर्थिक प्रलोभनमा पारी किर्ते गरी प्लटीङ्ख गरीएका जग्गाको खुलासा हुन थालेको हो ।

नाम चलेका चर्चित जग्गा कारोबारीहरु समेत किर्ते काममा जोडिन पुगेपछि सिमरा बरपरका धेरै प्लटीङ्ख अबैध हुनसक्ने चर्चा यतिबेला बारामा बढदो रहेको छ । पछिल्लो समय बाराको जीतपुरसिमरा वडा नम्बर ४ मा रहेको ५९ नम्बर किताको ६ बिघा ८ कठ्ठा मसानघाट प्रोपटि मेनेजमेन्ट प्रालीका संचालक ईच्छाबहादुर वाग्लेले सार्वजनिक किर्ते जग्गाा पथलैया बिरगंज औधोगिक करिडोरका चर्चित उधोगी, अस्पताल व्यवसायी, र सर्बसाधारणलाई बेचेको खुलासा भएको हो । प्रोपटी मेनेजमेन्ट प्रालीका संचालक बाग्लेले साविक गढिमाई नगरपालीका रहेको बखत नाथु साह कार्यकारी अधिकृत रहेका बेला स्थानीय केही ब्यक्तिले उक्त जग्गा मसानघाट रहेको भन्दै नगरपालीकामा निबेदन दिई अबरोध गरे पनि बाग्लेले बिरोधिहरुलाई प्रभावित पारी साम्य पारेका थिए ।

जग्गाको बिरोध आउदै गर्दा बाग्लेले कित्ता नं ५९ को सो जग्गा कित्ताकाट भएर कित्ता नं ९५३, १०१९, १०२०, ९५०, ९५१, ९५५, १६५४,१६५२, १६५६, १६५७ र १६५८ भएको सो मसानघाटलाई उधोगपतिहरु तथा एभरग्रिन तराई हस्पीटल, काठमाडौका बासीन्दाहरु लगायतका ब्यक्तिलाई करोडौ मुल्यमा बेची बाकी जग्गा कम्पनीका संचालक ईच्छाबहादुर बाग्लेले आफनै नाममा राखेको फिल्डबुकमा उल्लेख छ । मालपोत कार्यालय सिमराका प्रमुख यादब आर्चायले जीतपुरसिमरा वडा नम्बर ४ मा रहेको ५९ नम्बर किता मसानघाट प्रष्ट उल्लेख रहेको र किर्ते गरी प्रपोटी मेनेजमेन्ट कम्पनीले बिभिन्न ब्यक्तिको नाममा बिक्रि गरेको बताउनु भयो । केही संचार माध्यममले उक्त समाचार प्रसारण गरेपछि मसानघाटको उक्त जग्गा हाल अख्तियार अनुसन्धान आयोग र सरकारी, सार्बजानीक र गुठि संरक्षण सम्बन्धि जाचबुझ आयोगले अनुसन्धान गरीरहेको छ ।

मालपोत कार्यालयको तथ्यांक अनुसार ’प्रोपटी म्यानेजमेन्ट’को नामवाट बेचबिखन गरिरहेको मसानघाटलाई हाल २१ कित्ता कायम गरिएको छ । मसानघाटको जग्गामध्ये कित्ता नं १९१९ को ८ कठ्ठा १० धुर सिर्जना श्रेष्ठ र संजिता प्रधान, कित्ता नं १९१८ को १ कठ्ठा शान्तलक्ष्मी श्रेष्ठ र सुभद्रा श्रेष्ठ, कित्ता नं ९५१ को ६ कठ्ठा रत्नकेशरी श्रेष्ठ, कित्ता नं ७९८ को १० कठ्ठा देवकुमारी रिमाल, ९५३ को ३ कठ्ठा अनुराधा श्रेष्ठ, ७८४७ कित्ता नं २ कठ्ठा १३ धुर ६ कन्वा (१६ कन्वा को १ धुर हुन्छ) ’एभरग्रिन तराई हस्पिटल’को नाममा, कित्ता नं ११५९ को ६ कठ्ठा स्वयम् ईच्छाबहादुर वाग्लेको नाममा, र कित्ता नं ६४०८ को ३ कठ्ठा १७ धुर तथा कित्ता नं ७८४८ को ६ कठ्ठा १० धुर जग्गा ’प्रोपटी म्यानेजमेन्ट’को नाममा रहेको छ। त्यसैगरी कित्ता नं ७८४९को ५ कठ्ठा ३ धुर ८ कन्वा एभरग्रिन तराई हस्पिटल’को नाममा रहेको छ। कित्ता नं ७८५०, ७४२५, ७४२४, ७४०२ को ५ कठ्ठा १७ धुर प्रोपटी म्यानेजमेन्टको नाममा श्रेस्ता कायम छ ।

त्यसैगरी वाग्लेको २०७५ असार ३२ गते वीरगञ्ज महानगरप्रमुख विजय सरावगीलाई बेचेको कित्ता नं ६४०६, ७४०१, ७४०३, ७४०५ को २ बिगाहा २ कठ्ठा मसानघाटको जग्गा महानगरप्रमुख सरावगीले आफूसहित ४ जनाको नाममा संयुक्त पुर्जा बनाएका छन । जग्गा धनीको नाम कित्ता नम्बर सिर्जना श्रेष्ठ र संजिता प्रधान कित्ता नं १९१९ को ८ कठ्ठा १० धुर शान्तलक्ष्मी श्रेष्ठ र सुभद्रा श्रेष्ठ कित्ता नं १९१८ को १ कठ्ठा रत्नकेशरी श्रेष्ठ कित्ता नं ९५१ को ६ कठ्ठा देवकुमारी रिमाल कित्ता नं ७९८ को १० कठ्ठा अनुराधा श्रेष्ठ ९५३ को ३ कठ्ठा एभरग्रिन तराई हस्पिटल ७८४७ कित्ता नं २ कठ्ठा १३ धुर ६ कन्वा एभरग्रिन तराई हस्पिटल कित्ता नं ७८४९को ५ कठ्ठा ३ धुर ८ कन्वा ईच्छाबहादुर वाग्ले कित्ता नं ११५९ को ६ कठ्ठा ईच्छाबहादुर वाग्लेको ’प्रोपटी म्यानेजमेन्ट’ कित्ता नं ६४०८ को ३ कठ्ठा १७ धुर तथा कित्ता नं ७८४८ को ६ कठ्ठा १० धुर ईच्छाबहादुर वाग्ले ’प्रोपटी म्यानेजमेन्ट’ कित्ता नं ७८५०, ७४२५, ७४२४, ७४०२ को ५ कठ्ठा १७ धुर वीरगञ्ज महानगरप्रमुख विजय सरावगीसहित चार जनाको नाममा कित्ता नं ६४०६, ७४०१, ७४०३, ७४०५ को २ बिगाहा २ कठ्ठा महानगरप्रमुख सहित शालिमार सिमेन्ट उद्योगका सञ्चालक अशोक वैद्यका छोरा हेमन्त कुमार वैद्य,आशा अग्रवाल र निलम अग्रवालको नाम जग्गाधनी पुर्जामा उल्लेख छ ।

त्यसैगरी वाग्ले सञ्चालक रहेको प्रोपटी म्यानेजमेन्ट कित्ता नं ६४०७, ६४०१ र ६४०४ को ८ कठ्ठा ४ कन्वा जग्गा सुजिता अग्रवालले किनेको देखिन्छ । किर्ते गरीएकै बडा नम्बर ४ का बडा अध्यक्ष ईश्बर केसीले निजी श्रेस्ता कायम गरेको उक्त मसानघाट जग्गा अनुसन्धान भैरहेकोले मसानघाटकै नाममा जग्गा फिर्ता भै नेपाल सरकारको नाममा हुनेमा आफु ढुक्क रहेको बताउन भयो । बिसको दशकमा तराईमा फैलिएको माहामारीमा सिमरा बरपरका मान्छेहरु त्यही गाडने र पोल्ने गरेको स्थानीय बुढा चौधरीले बताए । पचासको दशक अघि लास जलाउन उक्त स्थान प्रयोग गर्ने गरेको र पानीको सुक्दै गए पछि दुधौरा खोलामा लास जलाउने गरेको छ । हाल उक्त मसानघाटमा सानो पैनीलाई प्रोपटि मेनेजमेन्ट प्रालीले घरेडी बनाउने क्रममा सानो तटबन्धन गरेको छ ।

’फिल्डबुक’मा मसानघाट भनी उल्लेख भएको सो जग्गा २०४७ सालमा फरदवा गुठीको माध्यमवाट रामचन्द्र गौतमले आफ्नो नाममा किर्ते पुर्जा बनाएपछि होमनाथ अधिकारी, रविप्रसाद अधिकारी, शिवप्रसाद गौतम र शान्तिदेवि मिजारको नाममा रहेको सम्पुर्ण जग्गा ईच्छाबहादुर वाग्लले आफ्नो र प्रोपटी म्यानेजमेन्ट कम्पनीको नाममा दर्ता गरी करिडोरका उधोगी ब्याबसायी माथि ठगी गरेका हुन । उक्त मसानघाट होटल व्यवसायी इच्छाबहादुर वाग्ले र उनी सञ्चालक रहेको ’प्रोपटी म्यानेजमेन्ट’को नामबाट बेचबिखन भएको हो । वाग्लेले सो जग्गा वीरगञ्ज महानगर प्रमुख विजय सरावगी, शालिमार सिमेन्टका प्रमुख अशोक वैद्यका छोरा हेमन्त वैद्यसहित धेरै व्यक्तिलाई बेचबिखन गरिसकेका छन्। बाँकी केही कित्ता जग्गा वाग्ले र प्रोपटी म्यानेजमेन्टको नाममा रहेको अनुसन्धानको क्रममा भेटिएको छ। वाग्लेमार्फत मसानघाटको जग्गा किन्नेहरुमध्ये अधिकांश काठमाडौं निवासी रहेको मालपोत कार्यालय सिमराका प्रमुख यादवराज आचार्यले जनाए ।

सिमरास्थित ईच्छा होटलका सञ्चालक तथा जग्गा कारोबारी समेत रहेका वाग्लेले आफ्नो होटल आसपासको ऐलानी खोला बगरको जग्गा कब्जा र प्लटिङ्ग गर्दै आएका छन्। वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय सरावगीले प्रोपटी म्यानेजमेन्टले ठगी गरेर मसानघाटको जग्गा आफूलाई झुक्काएर बेचेको प्रमाणित भए क्षतिपूर्तिसहित रकम फिर्ता माग्ने बताएका छन्। ‘ईच्छाबहादुर वाग्लेले झुक्काएर मसानघाटको जग्गा हामीलाई बेचबिखन गर्नुभएको रहेछ भने हालसम्मको क्षतिपूर्ति सहित सम्पुर्ण रकम वा सो रकम बराबरको जग्गा उहाँले दिनुपर्छ, नभए हामी आफैं प्रोपटी म्यानेजमेन्टको नाममा ठगी उजुरी हाल्छौं,’ महानगरप्रमुख सरावगीले भने ।

दुई आयोगको अनुसन्धानमा, किर्तेमा ६४ जना सहभागी

अख्तियार अनुसन्धान आयोग र सरकारी, सार्बजानीक र गुठि संरक्षण सम्बन्धि जाचबुझ आयोगले मसानघाटको उक्त जग्गामा अनुसन्धान तिब्र बनाएको छ । प्रारम्भिक अनुसन्धान सकेर दुबै आयोगले बृस्तीत अनुसन्धान थालेको जनाएको छ । वडा नम्बर ४ मा रहेको नेपाल सरकारको ऐलानी श्रेस्ता बदर गरी भू(माफियाले किर्ते गरेर ५९ नम्बर किताको ६ बिघा ८ कठ्ठा मसानघाट प्रोपटि मेनेजमेन्ट प्रालीले कित्ताकाट गरी बिक्री गरेको प्रकीयाका तथ्यहरु संकलन गरी बिस्तृत अनुसन्धानमा आयोग जुटेको हो । मालपोत कार्यालय सिमराका प्रमुख यादब आर्चायले अख्तियार अनुसन्धान र सार्बजानी जग्गा संरक्षण आयोग बाट प्रारम्भिक पछि बृस्तीत अध्ययनको लागी बृस्तृत सुचनाहरु माग भैरहेको र कार्यालयले सुचना उपलब्ध गराईरहेको बताए ।

बारामा जिल्ला मालपोत ६४ सालको तथ्यांकमा गुठि बाहेक चौबिस सय पचास बिगाह सार्बजानीक यस्तै प्रकृतिका जग्गाहरुमा भुमाफीयाहरुको ब्यापक किर्ते र बेचबिखन भएको खुल्न थाले पछि दुबै आयोगले बारालाई अनुसन्धानको दायरा फराकीलो बनाएको छ । आयोगका उच्च श्रोतका अनुसार उक्त मसानघाटमा ६४ जनाको स्पष्ट सहभागीता देखीउको जनायो ।उनले प्लटिङ्ग गरेका अन्य जग्गामा समेत नक्सामा बाटो नभएको भए पनि पिच गरी बाटो बनाई बेचे पछि खरीद गरी बसोबास थालेका सर्बसाभारणले समेत बिजुली र पानी नपाए पछि पिडित बनेका छन ।