जनता टाइम्स

७ चैत्र २०७६, शुक्रबार १०:१८

पत्‍नीलाई ढाँटेर प्रेमिका भेट्न जाँदा लाग्यो कोरोना


बेलायत, चैत ७ । बेलायतमा एक व्यक्तिलाई अनौठो तरिकाले कोरोना भाइरसको संक्रमण भएको तथ्य बाहिर आएको छ । आफ्नै पत्नीलाई झुक्याएर प्रेमिकालाई भेट्न इटली पुग्दा ती ब्यक्ति कोरोना संक्रमणमा परेका हुन ।

स्थानीय समाचार एजेन्सीले जनाएअनुसार प्रमिका भेटन गएका एक वयस्कलाई कोरोना भाइरस संक्रमण तिनै प्रेमिकाबाट सरेको हो । समाचार एजेन्सीका अनुसार अघिल्लो साता पत्नीलाई बिजनेस मिटिङका लागि भन्दै ती व्यक्ति ब्रिटेन पुगेका थिए । तर उतैबाट उनी बिजनेस मिटिङ छलेर प्रेमिकालाई भेट्न इटाली पुगे ।

प्रेमिकासँग केही दिन बिताएका उनी कोरोना संक्रमित प्रेमिकाबाटै संक्रमित बने । संक्रमणपछि उनले आफ्नी प्रेमिकालाई भेटेको बेलायतस्थित ‘पब्लिक हेल्थ कोर्डिनेटर’समक्ष स्वीकार गरेका छन । तर उनको नाम भने खुलाउन गोप्य राखिएको छ । ३० वर्षीया ती युवतीलाई आइसोलेसनमै राखिएको छ । ती व्यक्तिकी पत्नीलाई पनि अहिले आइसोलेसनमा राखिएको छ ।