काठमाडौं, चैत ७
सुन तोलामा ५ सयले बढेसँगै सुनचाँदीको भाउमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुन प्रति दशग्राम ६४ हजार ७ सय ३० अर्थात् तोलाको ७५ हजार ५ सय तोकेको छ । बिहीबार तोलाको ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन पनि तोलामा ५ सय रुपैयाँले बढेर ७५ हजार २ सय कायम गरेको महासंघले जनाएको छ । बिहीबार तोलाको ७४ हजार ७ सयमा कारोबार भएको थियो । चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदीको भाउ प्रति तोला ७ सय कायम गरिएको महासंघले जनाएको छ । बिहीबार तोलाको ६ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्