जनता टाइम्स

८ चैत्र २०७६, शनिबार १३:५७

घरभाडा छुट दिने समाजसेवी शुष्मा राईको घोषणा


काठमाडौं, चैत ८ । कोरोना भाइरसको महामारी फैलिएर आर्थिक मन्दी बढेपछि समाजसेवी सुष्मा राईले आफ्नो घरमा भाडामा रही ब्यवसाय गर्दै आएका सवैलाई एक महिनाको भाडा छुट दिने निर्णय गर्नुभएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) कि पूर्व आइसिसि सदस्य राईले आर्थिक मन्दीलाइ ध्यान दिई एक महिनाको भाडा नलिने निर्णय गरेको बताउनु भयो ।

‘एक महिनाको भाडा नलिने जानकारी घाडामा बस्ने सवैलाई गराएको छु, सवै मिलेर कोरोनाबिरुद्ध लडनका लागि मैले यस्तो निर्णय लिएको हुँ,’ राईले भन्नुभयो । राई जनताटाइम्स डटकमकी प्रबन्ध निर्देशकसमेत हुनुहुन्छ । उहाँले ग्वार्काेस्थित आफ्नो घरमा बसेकाहरुलाई एक महिनाको भाडा छुट दिनुभएको हो ।

‘त्रास फैलिएको बेलामा मानवीय सहयोग गर्नु कतव्य हो, घरमा भाडामा बसिरहनुभएका हरूलाई एक महिनाको घरभाडा नलिने निर्णय गरेको हुँ, संकटको बेला सबै संयमित बनौं, परिस्थिति जस्तोसुकै होस मनस्थिति बलियो बनाउॅं भन्ने मेरो मनसाय हो,’ राईले भन्नुभयो ।