जनता टाइम्स

८ चैत्र २०७६, शनिबार १६:१९

वायुसेवाले तोकेको भन्दा बढी भाडा लिए प्रमाण सहित उजुरी गर्नु : प्राधिकरण


काठमाडौं, चैत ८

आन्तरिक वायुसेवा सञ्चालकहरूले अत्याधिक भाडा लिएको भन्दै सामाजिक सञ्जालमा तीब्र आलोचना हुन थालेपछि नेपाल नागरिक उड्डययन प्राधिकरणले ध्यानाकर्षण भएको बताएको छ। कोरोना भाइरसको संक्रमणमा सतर्कता अपनाउन सरकारले लामो दूरीको सवारी बन्द गर्ने बताएपछि वायु सेवा कम्पनीहरूले एकाएक भाडा बढाएको भन्दै कतिपयले आलोचना गरेका थिए।

कुनै पनि वायु सेवा कम्पनीले तोकिएको अधिकतम भाडामा बढी असुल गरेमा नागरिक उड्डयन प्राधिकरणमा जानकारी गराउन भनेको छ । प्राधिकरणले आफ्नो ट्वीटर ह्याण्डलमा आज लेखेको छ, “सामाजिक सञ्जालमा वायुसेवाहरूले बढी भाडा लिएको भन्ने सम्बन्धमा प्राधिकरणको ध्यानाकर्षण भएको छ। प्राधिकरणबाट स्वीकृत उडान तालिका र अधिकतम भाडादर भन्दा बढी लिएको भए सप्रमाण प्राधिकरणमा उजुरी गर्नुहुन सबैमा अनुरोध छ।”