जनता टाइम्स

८ चैत्र २०७६, शनिबार २०:२५

भूमीमन्त्री अर्यालद्वारा स्याङ्जामा २० हजार मास्क हस्तान्तरण, कोरोनाबाट बच्न दिनुभयो यस्तो सुझाव


स्याङ्जा, चैत ८ । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले कोरोना भाइरसको संक्रमण सचेत रहन आग्रह गर्दै मास्क हस्तान्तरण गर्नुभएको छ । कोरोना भाइरस जहाँ पनि जान सक्ने भएकाले सचेत रहन आग्रह गर्दै उहाँले बिपद् ब्यवस्थापन समिति स्याङ्जाको बैठकमा माक्स हस्तान्तरण गर्नुभएको हो ।

स्याङ्जामा आज आयोजित कार्यक्रममा मन्त्री अर्यालले छिमेकी देश चीनबाट शुरु भएको कोभिड १९ बिश्वभर पुगेको बताउदै नेपालका हरेक ठाउँमा पुग्न सक्ने भएकाले सचेत रहन आग्रह गर्नुभयो । मन्त्री अर्यालले बिपद ब्यवस्थापन समितिलाई २० हजार थान माक्स र एक वटा गन थर्मोमिटर प्रदान गर्नुभएको हो । मन्त्री अर्यालबाट प्राप्त भएको माम्सलाई प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले ११ स्थानिय तह, प्रहरी, आर्मी, प्रशासन, जिल्ला अस्पताल, रेडक्रसलाई बितरण गर्नुभएको थियो ।

भारतमा संक्रमणको संख्या दिनदिनै बढ्दै गएको बताउदै मन्त्री अर्यालले खुला सिमानाका कारण नेपाल पनि उच्च जोखिम रहेको बताउनुभयो । कोभिड १९ को संक्रमणलाई सचेतनाले मात्र परास्त गर्न सक्ने बताउँदै उहाँले संक्रमणलाई प्रवेश गर्न नदिन सरकारले सर्तकता अपनाएको बताउनुभयो । सरकारले गरेको निर्णयले नीजि जीवनमा केहि समस्या रहेपनि सर्तकता अपनाउन सकेमा भयङ्कर दुर्घटना हुनबाट बच्‍न सक्‍ने बताउनुभयो ।

जनप्रतिनिधी, राजैतिक दल, सुरक्षाकर्मीले जिल्लामा कोरोना भाइरसको संक्रमणबाट बच्न राम्रो काम गरेको बताउदै मन्त्री अर्यालले थप काम गर्न आग्रह गर्नुभयो । संक्रमण हुदैमा मृत्यु नहुनले भएकाले नडराउन आग्रह गर्दै मन्त्री अर्यालले बिदेशबाट आएकामध्ये एक जनामा पनि नेपालमा संक्रमण नदेखिनुले नेपालीहरुको रोगसँग लड्नसक्ने क्षमता बढि रहेको बताउनुभयो । अशक्त, रोगीहरुलाई रोगले च्याप्ने भएकाले निगरानीमा राख्न आग्रह गर्दै मन्त्री अर्यालले हरेक वार्डमा हेल्थ डेक्स राख्न आग्रह गर्नुभयो ।

कालिका अस्पताल, आधिखोला अस्पताल, गल्याङ् अस्पताललाई संक्रमितको उपचार केन्द्र बनाउन आग्रह गर्दै मन्त्री अर्यालले जनता मनोबाल उच्च राख्नेतर्फ काम गर्न दिर्नेशन दिनुभयो । उहाँले कोरोना भाइरसको समस्या बढेमा एरिया लकडाउँन गर्नसक्ने समेत बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेश सदस्य मिनप्रसाद गुरुङ्, जिल्ला समन्वय समिति सदस्य सिताकुमारी सुन्दास, नेकपाका अध्यक्ष सुर्यप्रसाद गैरे, नेपाली काँग्रेस प्रबक्ता इन्द्र गोदार लगायतले कोरोना भाईरसको संक्रमणलाई रोक्न तयार रहेको बताउनुभएको थियो ।

बैठकले सरकारको निर्णयलाई जस्ताको जस्तै कार्यान्वय गर्ने निर्णय गरेको छ भने बिदेशबाट फर्केका नेपालीलाइ १४ दिन गाउँपालिकाको निगरानीमा क्वारेन्टाइन राख्ने निर्णण गरेको छ । साथै होटेल, रिसोर्ट, बार पसलका सञ्चालकले ज्वरो मापन गर्ने उपकरण तथा सामाग्रीका ब्यवस्था गर्ने र हात सफा गर्ने सेनिटाइजर राख्नु पर्ने सहितका १३ वटा निर्णय गरेको छ ।