जनता टाइम्स

९ चैत्र २०७६, आईतवार १३:१५

आकाशियो सुनको भाउ, हेर्नुहोस् आजको मूल्य


काठमाडौं, चैत ९

नेपाली बजारमा आज पुनः सुनको मूल्य आकाशिएको छ । सुनको मूल्य प्रति तोलामा एक हजार रुपैयाँले बढेको हो । शुक्रबार तोलामा ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार तोलामा ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ७६ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यता चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा ७०० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार तोलामा रु २० बढेर तोलामा ७२० रुपैयाँमा कारोबार भएको नेपाल सुनचँँदी व्यवसायी महासंघले जनाएको छ ।