जनता टाइम्स

९ चैत्र २०७६, आईतवार १४:०८

कैलालीमा विस्फोट, एक जनाको मृत्यु


धनगढी, चैत ९

कैलालीको विकट क्षेत्र गोदावरी नगरपालिका–४, फुलबस्तीमा विस्फोट हुँदा अन्दाजी ३५ वर्षीय नरबहादुर विकको मृत्यु भएको छ । कैलाली प्रहरी प्रमुख एसपी सुदीप गिरीका अनुसार अहिले घटनास्थलतर्फ प्रहरी टोली गएको छ । उहाँका अनुसार विकले गाउँमा तामाको वस्तु फेला पारेपछि पगाल्ने क्रममा पड्किएको हो ।