जनता टाइम्स

१० चैत्र २०७६, सोमबार १६:४३

बालुवाटारको ६ तले घर अस्थायी क्वारेन्टाइनका लागि दिने पाण्डेको घोषणा


काठमाडौं, चैत १०

समाजसेवी श्यामप्रसाद पाण्डेले कोरोना भाइरस संक्रमणबाट बच्नका आवश्यक पर्ने अस्थायी क्वारेन्टाइनका लागि आफ्नो घर दिनुहुने भएको छ । विश्वमा फैलिइरहेको कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि अपनाएका सजगता एवं सामाजिक उत्तरदायित्वमा प्रत्येक नागरिकबाट गरेको अपेक्षाअनुरुप उहाँले आफ्नो घर २ महिना क्वारेन्टाइनका लागि दिने घोषणा गर्नुभएको हो । पाण्डेले आफ्नो फेसबुक स्टाटसमा, राजधानीकै मुटु बालुवाटारमा रहेको आफ्नो ६ तले घर सरकारलाई आवश्यक परेको खण्डमा उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘सरकारलाई आवश्यक परे १०,००० स्क्वायर फ़िटको ६ तल्ला भवन उपलब्ध गराउने छु । बालुटारमा रहेको भवन जनतालाई दुख परे आफू दिन तयार रहेको र सरकारलाई सम्पर्क गर्न अनुरोध । सबैले आफ्नो नजिकमा भएका आफु भन्दा कमजोरलाई मन ठुलो पारेर सहयोग गरौं । अर्कों जन्म मिल्ला नमिल्ला, कालोबजारी गरेर कोरोनाको सिकार नबनौ । जय नागराज,..जय पशुपती नाथ..।’