काठमाडौं, चैत ११
कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई ध्यानमा राख्दै सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमाथि यात्रु ल्याउन प्रतिबन्ध लगाएको छ । तर त्यसको पालना नगरी अटेर गरेर आएका वायुसेवालाई अनुसन्धान अघि बढाइएको अधिकारीहरूले बताएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका व्यवस्थापक देवेन्द्र केसीले नेपालको निर्णय पालना नगरी यात्रुहरू ल्याएकोमा तीनवटा वायुसेवासँग स्पष्टीकरण सोधिएको जानकारी दिनुभयो ।
‘हामीले इन्डियनए अरलाइन्स, सिल्क एअर र इतिहाद एअरलाई स्पष्टीकरण सोधेका छौँ। हामीले आफ्नोतर्फबाट सक्दो समन्वय गरिरहेका छौँ र सरकारको निर्णय कार्यान्वयन गराउन लागिपरेका छौं, उहाँले भन्नुभयो । कतिपय वायुसेवाले सरकारले प्रतिबन्ध लगायका गन्तव्यबाट नेपाली यात्रुहरूलाई ल्याएको र प्रतिबन्धका बावजुद उनीहरूलाई अवतरणको अनुमति दिइएको थियो। नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले उक्त विषयमा छानबिन अघि बढाइएको बताउनुभयो ।
कोरोना भाइरसको महामारी विश्वव्यापी संकट भएको भन्दै अधिकारीहरूले त्यसले उड्डययन क्षेत्रलाई अस्त व्यस्त बनाएको र अन्य देशहरूले पनि उडान प्रतिबन्धको कार्यान्वयन गर्न चुनौती खेपेको उल्लेख गनुृभएको छ । नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भन्नुभयो, ‘हामीले त्यस्ता अन्तर्राष्ट्रिय उडान मार्फत् ल्याइएका यात्रुहरूलाई क्वारेन्टाइनमा पठाएका छौँ र के कारणले त्यस्तो अवस्था आयो भनेर छानबिन गरिरहेका छौं ।’
आजबाट देश पूर्णरूपमा लकडाउन गरेपछि आवतजावतमा रोक लागेको छ । सुरक्षा निकायका विमान र तोकिएका उडान बाहेक अन्य सबै आन्तरिक र व्यावसायिक उडानहरू बन्द गरिएका छन्। यसअघि पनि आइतवारबाट लागु हुने गरी एक सातासम्म यात्रु बोकेका कुनै पनि विमानलाई नेपालमा अवतरण गर्न नदिने र नेपालमा अवतरणको अनुमति लिएका विमानमार्फत् यात्रु भने लैजान दिने नागरिक उड्डयन प्राधिकरणले सूचना जारी गरेको थियो । बीबीसी
प्रतिक्रिया दिनुहोस्