जनता टाइम्स

१५ चैत्र २०७६, शनिबार १३:०१

कतार एयरवेजका दुई जहाजले ६०८ यात्रु लगे


काठमाडौं, चैत १५

कतार एयरवेजका दुई जहाजले शनिवार नेपालबाट ६०८ जना यात्रु लिएर गएका छन् । दोहाबाट आएका कतारका दुई वाइड बडी जहाजले ३०४÷३०४ यात्रु लिएर गएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनु भयो ।

क्षेत्रीका अनुसार कतारका दुई जहाज उताबाट खाली आएका थिए । जर्मन दूतावासको पहलमा युरोपेली नागरिकलाई लिनको लागि काठमाडौंमा विशेष उडान अनुमति माग गरिएको थियो । शुक्रबार पनि कतार एयरको जहाजले ३०४ जना यात्रु लिएर गएको थियो । पोखरा तथा लुक्ला क्षेत्रबाट विदेशी पर्यटकलाई जहाजबाट काठमाडौं ल्याउने क्रम जारी छ ।

विभिन्न देशहरूले आफ्ना नागरिकलाई स्वदेश फर्काउन उडान अनुमतिका लागि पराराष्ट्र, पर्यटन र गृह मन्त्रालयमा अनुमति माग गरिरहेका छन् । अष्ट्रेलियाको दूतावासले सोमबारका लागि आफ्ना नागरिक लैजाने अनुमति माग गरेको छ ।