जनता टाइम्स

१७ चैत्र २०७६, सोमबार १४:४९

गगन थापा भन्नुहुन्छ : यो बेला समिति बनाउने वा सरकार फेर्ने होइन्


काठमाडौं, चैत १७

‪‪नेपाली कांग्रेसका नेता गगन थापाले सरकार परिवर्तन वा कुनै समिति बनाउने बेला नभएको बताउनु भएको छ । उहाले समिति बनाउने वा सरकार फेर्ने माग बेमौसमी बाजा भएको बताउनु भएको हो ।

केही दलले कोभिड–१९ बाट उत्पन्न विषम परिस्थितिको सामना गर्न सर्वपक्षीय समितिको आवश्यकतामा जोड दिईरहेका बेला उहाले सरकारले काम गर्ने र हामीले सहयोग गर्ने बताउनु भएको हो । यद्यपी उहाले सघाउनु भनेको ताली मात्र नभएर गल्तीमा गाली पनि हो भन्नु भएको छ ।

सामाजिक सञ्जालमा थापाले भन्नुभएको छ, ‘समिति बनाउने वा सरकार फेर्ने माग बेमौसमी बाजा हो। यो वेला हो सरकारले काम गर्ने र हामीले सहयोग गर्ने ।’ उहाले संकटमा दृढतापूर्वक सरकारसंगै उभिऔं तर प्रश्न गर्न भने नछाडौं भन्नु भएको छ । ‘‪सरकारले पनि बुझोस् सघाउनु भनेको ताली मात्र होइन गल्तीमा गाली पनि हो’, नेता थापाले भन्नुभयो, ‘कहिले सुझाव त कहिले दबाब हो । ‪संकटमा दृढतापूर्वक सरकारसंगै उभिऔं तर प्रश्न गर्न भने नछाडौं ।‬