जनता टाइम्स

१७ चैत्र २०७६, सोमबार १९:४०

प्रदेश सरकारले गर्यो कोरोना जाँच्ने तीन प्रयोगशाला स्थापना गर्ने निर्णय


बुटवल , चैत १७ । प्रदेश पाँच सरकारले तीन वटा प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद बैठकले भैरहवाको गहुँ बाली अनुसन्धान केन्द्र परिसरमा, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र नेपालगञ्जको भेरी अस्पतालमा तत्काल प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको हो ।

तीन वटै प्रयोगशालाबाट कोरोना भाइरसको परीक्षण गर्ने प्रदेश सरकारको निर्णय छ । हालै मात्र केन्द्र सरकारले चीनबाट ल्याएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएनभएको जाँच गर्ने पाँच मध्ये एक मेसिन प्रदेश ५ लाई दिएको छ । मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो प्रदेशमा कोरोना संक्रमितका लागि उपचार गराउन यस्तो निर्णय लिनभएको हो ।