जनता टाइम्स

२६ चैत्र २०७६, बुधबार १२:२९

‘घोषणाअनुसार स्वास्थ्य सामाग्री नदिए नविन बिकमाथि देशद्रोहको मुद्दा चलाऊ’


अमेरिका, चैत २६ । भ्रष्टाचारबिरोधी अभियान सञ्चालन गर्दै आएको सामाजिक संस्था हेम-सरिता पाठक फाण्डेशनले कोरोनाबिरुद्धको लडाई कमजोर पार्न चीनमा ब्यापार गर्दै आएका नविन बिकले षडयन्त्र गरेको निश्कर्षसहित कार्वाही गर्न माग गरेको छ ।

फाउण्डेशनका संरक्षक हेमप्रसाद पाठकले एक बिज्ञप्तीमार्फत नविन बिकले आफ्नो घोषणाअनुसार तत्कालै एउटा प्लेनमा अटने स्वास्थ्य सामाग्री नेपाल सरकारलाई हस्तान्तरण नगरे देशद्राहको अभियोगमा कार्वाही गर्नुपर्ने बताउनु भएको हो । कोरोना संकटको बेला नेपाल सरकारको बिभिन्न ओहदामा रहेका पदाधिकारीहरु पारदर्सिताको सवालमा खरो उत्रदै नेपाली जनताको जीवनको रक्षा गर्न सफल हुने बिश्वासहित बिज्ञप्तीमा देश संकटमा पर्दा बिदेशमा रहेका गैरआवासीय नेपालीकै बदनाम हुने गरी नविन बिकले देशबिरोधी अभियान चलाएकोपुष्टि हुने निश्कर्ष पनि सुनाइइको छ ।

यस्तो छ बिज्ञप्ती

हेम सरिता पाठक फाउण्डेशनले हाल नेपालमा कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणको बिषयमा नेपाल सरकारले अघि बढाएको कामलाई नजिकबाट नियालिरहेको छ । यस बिषयमा कोरोना भाइरस रोकथाम भएपछि बिस्तृत रुपमा आफ्नो धारणा सार्वजनिक गर्ने नै छौं । नेपाल सरकारले नेपाली नागरिक बचाउनका लागि अहिलेसम्म जुन कदम चालेको छ, त्यसलाई आम नागरिकको साथ र सहयोग रहेकोमा कुनै दुई मत छैन । यस्का वावजुद केही बिवादहरु निकालिएका छन, समाचारहरु पनि आएका छन । यस बिषयमा कुनै पनि ब्यक्ति भ्रष्टाचारमा संलग्न नहुन, भ्रष्टाचारमा मुछिएको भए छाडनु हुन्न भन्ने हाम्रो मान्यता रहेको छ । तर यसैबीच संसारभर छरिएर रहेका हामी गैर आवासीय नेपालीहरुको नाममा चीनमा ब्यापार गर्ने नविन बिक भन्ने ब्यक्तिले मिडियामार्फत जुन अभिब्यक्ति दिए, उनको हर्कतबाट संसारभर रहेका हामी गैर आवासीय नेपालीको गम्भीर ध्यानाकर्षण भएको छ । निजको अभिब्यक्तिप्रति यस फाउण्डेशनको समेत गम्भीर ध्यानाकर्षण भएको छ ।

सरकारले जिटुजीमार्फत नेपाली सेनालाई कोरोना भाइरसबिरुद्ध लडने स्वास्थ्य सामाग्री खरिद गर्न दिएको निर्णय संसारको इतिहासमा लेखिएको सही निर्णय हो । संसारभर संकटको बेला सवै सरकारले यस्तै निर्णय गर्दै आएको छ । तर पारदर्सिताको सवालमा सरकार र नेपाली सेना चुक्नु हुन्न भन्ने हाम्रो मान्यता रहेको छ 

यस बिषयमा हाम्रो प्रष्ट मत रहेको छ, निजले घोषणा गरेको १० दिनभित्र एउटा प्लेनमा अटने बरावरको स्वास्थ्य सामाग्री नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्छ । निजले उपलब्ध गराउन नसके महासंकटको नेपाल र नेपालीबिरुद्ध गरिएको अपराध प्रमाणित हुने भएकाले नीजलाई चीनबाट तत्काल पक्राउ गरी नेपाल ल्याएर देशबिरुद्धको अपराधमा कार्वाही चलाउनु पर्छ । किनकि नीजले यस संकटको घडीमा नेपाल र नेपालीलाई बचाउने काममा लाग्नुको साटो देशद्रोही समाचार सम्प्रेशन गरेका छन । निजले एउटा प्लेनमा अटने स्वास्थ्य सामाग्री तत्कालै उपलब्ध नगराए उनी कोरोना महामारीको संकट नेपालमा फैलियोस, स्वास्थ्य सामाग्री नहोस र नेपाल राष्ट्र र नेपाली कोरोनाको शिकार होउन भन्ने मनसाय प्रमाणित हुन्छ ।

सरकारले जिटुजीमार्फत नेपाली सेनालाई कोरोना भाइरसबिरुद्ध लडने स्वास्थ्य सामाग्री खरिद गर्न दिएको निर्णय संसारको इतिहासमा लेखिएको सही निर्णय हो । संसारभर संकटको बेला सवै सरकारले यस्तै निर्णय गर्दै आएको छ । तर पारदर्सिताको सवालमा सरकार र नेपाली सेना चुक्नु हुन्न भन्ने हाम्रो मान्यता रहेको छ । संसारभर रहेका नेपालीले सरकारको कामलाई नजिकबाट हेरिरहेकोले यो काममा खरो उत्रनेबिश्वाससहित खरिद गरिएका सामाग्रीका मुल्यसूची अनलाइनमा राखी आम नागरिकलाई जानकारी गराउँदै कोरोनाबिरुद्धको लडाई जित्नका लागि नेपाल सरकारलाई हार्दिक शुभकामना ब्यक्त गर्दछ ।

हेमप्रसाद पाठक, संरक्षक
हेम-सरिता फाउण्डेशन,अमेरिका