जनता टाइम्स

२६ चैत्र २०७६, बुधबार १६:४९

सकियो ८ जना संक्रमितको ‘कन्ट्याक्ट ट्रेसिङ’


काठमाडौं, चैत २६

नेपालमा भेटिएका ८ जना कोरोना संक्रमितको ‘कन्ट्याक्ट ट्रेसिङ’ सकिएको छ । उनिहरु नेपाल आएदेखी विभिन्न स्थानमा भेटिएका व्यक्तिको बारेमा जानकारी पूर्ण रुपमा आएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले विदेशबाट आएका सबै संक्रमितहरूको ‘कन्ट्याक्ट ट्रेसिङ’ सकिएको बताउनु भएको हो । मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा उहाले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारको कन्ट्याक्ट ट्रेसिङ सकिएको जानकारी दिनुभयो । ‘विदेशबाट आएका कोरोना संक्रमित सबैको कन्ट्याक्ट ट्रेसिङ सकिएको छ,’ प्रवक्ता देवकोटाले भन्नुभयो, ‘यससँगै हामीले उपत्यकाबाहिर परीक्षणका लागि नमूना संकलन तीव्र पारेका छौं ।’

काठमाडौँमा हालसम्म १९ सय ६५ परीक्षण भएको र उपत्यकाबाहिर ४ सय १ नमूना परीक्षण भएको जानकारी दिनुभयो । बुधबारमात्र १ सय ८० नमूना परीक्षण चलिरहेको र त्यसको नतिजा आउन बाँकी रहेको उहाले बताउनु भयो । उहाले ¥यापिड टेस्ट किटबाट परीक्षण गर्ने गरी कैलाली र कन्चनपुरमा नमूना संकलन गर्न टोली खटिएको जानकारी दिनुभयो ।