जनता टाइम्स

२६ चैत्र २०७६, बुधबार १८:२०

सुरक्षा बलको अस्पतालमा ४० आईसियु र १४० आइसोलेसन वार्ड तयार


काठमाडौं, चैत २६

कोरोना भाइरस(कोभिड–१९)का संक्रमितको उपचारका लागि सुरक्षा बलका अस्पतालमा ४० वटा आईसियु वार्ड तयार भएका छन् । सैनिक र सशस्त्र प्रहरी बलका अस्पतालमा ४० वटा मध्ये २६ वटा निर्माण भईसकेका छन् ।

सैनिक अस्पताल छाउनीमा २० वटा आईसियु बेड तयार भईसकेका छन् भने सशस्त्र प्रहरी बलको अस्पतालमा ६ वटा तयार भएका हुन् । बाँकी १४ वटा तयार पार्ने क्रम तिव्र रुपमा भईरहेको क्राइसेस म्यान्जेटमेन्ट सेन्टरले जानकारी दिएको छ । सेना कै अस्पतालमा ८० वेडको आइसोलेसन वार्ड र २० वार्डको हाइ केयर युनिट तयार पारिएको छ ।

सशस्त्रको अस्पतालमा भने ६० वेडको आइसोलेसन वार्ड र ६० वेडको क्वारेन्टाइन निर्माण कार्य भईरहेको छ । सो सम्पूर्ण काम १० दिनभित्र सकेर तयार पारिने सेन्टरले जानकारी दिएको छ । सबै अस्पतालको आज सेन्टरका संयोजक तथा प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्याललगायतले निरिक्षण गर्नुभएको छ ।