जनता टाइम्स

६ जेष्ठ २०७६, सोमबार ०६:५३

सम्पदाको संरक्षण र विकासमा स्थानीय तहबाटै अग्रसरता हुनुपर्ने – मुख्यमन्त्री पोखरेल


काठमाडौं, ६ जेठ । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले लुम्बिनीसहित बुद्धसँग सम्बन्धित क्षेत्रका महत्वपूर्ण सम्पदाको संरक्षण र विकासमा स्थानीय तहबाटै अग्रसरता हुनुपर्ने बताउनुभएको छ ।

प्रदेश सरकारले आयोजना गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को कार्यक्रमअन्तर्गत आइतवार सिद्धार्थ गौतम बुद्धले २९ वर्षसम्म जीवन बिताएका राजा शुद्धोधनको प्राचीन दरबार क्षेत्र तिलौराकोटमा आज आयोजित मायादेवी प्रसूति उत्सवमा उहाँले स्थानीय तहमा संरक्षण र विकासमा अग्रसर भए प्रदेश सरकार, सङ्घीय सरकार र अन्तर्राष्ट्रिय समुदायसमेत सहकार्य बताउनुभयो ।

उहाँले भन्नुुभयो, “आफ्नो छेउको सम्पदा जोगाउने, संरक्षण गर्ने, पहिचान गर्ने काममा गर्व गरेर जुट्नुस्, स्थानीयले नै अपनत्व गरेर अग्रसर नहुँदासम्म पर्यटनको समुचित विकास हुन सक्तैन ।” मुुख्यमन्त्री पोखरेलले पर्यटनलाई जनताको जीवनसँग गाँस्ने र त्यसैका माध्यमबाट समृद्धि हासिल गर्न सकिने बताउनुुभयो । उहाँले प्रदेश सरकारले स्थानीय समुदाय, निजी क्षेत्र र अगुवासँग सहकार्य गरेर पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु अगाडि बढाउन सकिने पनि उल्लेख गर्नुभयो ।

लुम्बिनी भ्रमण वर्षको मूल समितिका संयोजकसमेत रहुनुुभएका मुख्यमन्त्री पोखरेलले लुम्बिनीलाई केन्द्रमा राखेर समग्र बौद्ध क्षेत्रको विकास गरिने र त्यसैका माध्यमबाट पर्यटन स्थापना गरिने बताउनुुभयो । लुम्बिनी आसपासमा बुद्धकालीन सभ्यतासँग सम्बन्धित १० स्थान रहेको र त्यसमा पनि सबैभन्दा बढी कपिलवस्तुमा रहेका छन् । राजकुमार सिद्धार्थको जन्मपछिको खुशियालीमा लुम्बिनीबाट रथायात्रासहित आइतवार तिलौराकोटसम्म कार्यक्रम गरियो ।

लुम्बिनी भ्रमण वर्ष २०७६ का अवसरमा आयोजना गरिएको मायादेवी प्रसूति उत्सव दिवसका अवसरमा तिलौराकोटमा पहिलो पटक यस्तो कार्यक्रम गरिएको हो । देवदह माइतीमा हिँडेका बेलामा मायादेवीलाई लुुम्बिनीमा प्रसूति व्यथा लागेपछि राजकुमार सिद्धार्थ गौतमको लुम्बिनीस्थित सुन्दर बगैँचामा जन्म भएको थियो । राजा शुद्धोदनलाई पुुत्र लाभ भएको खुुशियालीमा तत्कालीन शाक्य र कोलिया राज्यमा दुुवैतर्फ भव्य कार्यक्रम गरिएको थियो । त्यसैको स्मृतिमा लुम्बिनीदेखि तिलौराकोटसम्म विशेष रथयात्रासहितको प्रसूति उत्सव दिवस मनाइएको थियो । रथयात्राको प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवं लुुम्बिनी भ्रमण वर्षका कार्यकारी समितिका संयोजक लीला गिरीले लुुम्बिनीबाट शुुभारम्भ गर्नुुभएको थियो ।

प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री बैजनाथ चौधरीले पर्यटनमार्फत आर्थिक समृद्धि हासिल गर्ने कुरालाई थप बल मिलेको बताउँदै उत्सवलाई निरन्तरता दिइने बताउनुुभयो । लुुम्बिनी भ्रमण वर्षका कार्यकारी समितिका संयोजक गिरीले स्थनीय समुदायले अपनत्व गर्नेगरी सहकार्यमा पर्यटन विकास गरिने बताउनुुभयो । बुुद्धसँग सम्बन्धित क्षेत्रका सम्पदाको संरक्षण र प्रवद्र्धनमा प्रदेश सरकार गम्भीर रहेको उल्लेख गर्दै मन्त्री गिरीले कार्यक्रमलाई निरन्तरता दिइने बताउनुुभयो ।

त्यस अवसरमा सिद्धार्थका मावली देवदहबाट आएको टोली र रामग्रामको अर्को टोलीले कपिलवस्तुलाई विशेष कोसेली प्रदान गरेको थियो । मावली देवदहका प्रमुख केसी, उपप्रमुख विद्यालक्ष्मी गुुरुङलगायतले बुुद्धसँग सम्बन्धित क्षेत्रहरुको विकास गर्नुुपर्नेबताउनुभयो ।