बागलुङ, चैत २८
दुई संक्रमितको अवस्था बुझ्न गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बागलुङ पुग्नु भएको छ । उहा शुक्रबार विहान अस्पताल पुगेर संक्रमितको अवस्था, उपचारमा भईरहेको काम लगायतका विषयमा बुझ्नु भएको छ ।
अस्पताल पुग्नु अघि उहाले बाटोबाटै संक्रमित ६५ वर्षिया महिलासँग टेलिफोन वार्ता गर्नुभएको छ । वार्तामा ति महिलाले मुख्यमन्त्री गुरुङलाई नै आफ्नो स्वास्थ्यको चिन्ता नगर्न आग्रह गर्नुभएको थियो । मुख्यमन्त्रीले उहाको स्वास्थ्य अवस्था, चिकित्सकले गरिरहेको उपचारका विषयमा जानकारी लिनु भएको थियो ।
बिहीबार मात्र मुख्यमन्त्री कार्यालयबाटै टेलिफोनमार्फत १९ वर्षिया युवतिको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको थियो । दुवै संक्रमित धौलागिरी अस्पतालको आइसोलेशन कक्षमा उपचार गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्