जनता टाइम्स

६ जेष्ठ २०७६, सोमबार ०८:४९

टोखामा गोली हानेर डाका काले नियन्त्रणमा


काठमाडौ, ६ जेठ । नेपाल प्रहरीले डाका काले नामले चिनिने बिष्णु तामाङलाई गोली हानेर नियन्त्रणमा लिएको छ।

महानगरीय अपराध महाशाखाको टोलीले सोमबार बिहान सवा ६ बजे टोखामा गोली हानेर नियन्त्रणमा लिएको हो। महाशाखा प्रमुख एसएसपी सहकुल थापाले नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथिनै पेस्तोल तेर्साएपछि जवाफी कारवाही भएको बताउनुभयो।

तामाङको घुँडामा गोली लागेको छ भने बीर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
तत्कालिन डिआइजीद्वय जयबहादुर चन्द र विश्वराजसिंह शाहीसहित बुढानिलकण्ठ एरियाका दर्जनौ घरमा श्रृखलावद्व चोरी र डकैतीमा संलग्न काले ६ वर्ष जेल बसेर छुटेका थिए।

कारागार मुक्त भएलगत्तै उनले उपत्यकाका ८ ठाँउमा डकैती गरेको आरोपमा महाशाखाको टोलीले खोजी रहेको थियो।