जनता टाइम्स

२९ चैत्र २०७६, शनिबार १०:१०

मुटुमा समस्या आएपछि प्रमका परराष्ट्र मामिला सल्लाहकार भट्टराई अस्पताल भर्ना


काठमाडौं, चैत २९

प्रधानमन्त्री केपी शर्मा ‌ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई अस्पताल भर्ना हुनु भएको छ । मुटुमा समस्या भएपछि उहालाई शुक्रबार राति नै गंगालाल हृदयरोग केन्द्र, बाँसबारीमा भर्ना गरिएको हो ।

मुटुको भल्भमा समस्या भएपछि उहाको शल्यक्रिया गरिएको र अहिले अवस्था सामान्य रहेको बताइएको छ । ‘मुटुमा ब्लक भएर अस्पताल भर्ना हुनुभएको हो । अहिले ओपन भइसक्यो’, अस्पताल स्रोतले भन्यो, ‘अहिले स्वास्थ्य अवस्था सामान्य छ । थप उपचार जारी रहेको छ ।’

प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमालले भट्टराई बिरामी भएको भन्दै शीघ्र स्वाथ्यलाभको कामना गर्नुभएको छ । यसैबीच उहाको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्यमन्त्री भानुभक्त ढकाल अस्पताल पुग्नु भएको छ ।