जनता टाइम्स

६ जेष्ठ २०७६, सोमबार १०:१४

नेकपामा मनकारी सांसद श्रेष्ठ : आफ्नो तलब आमा समुहलाई प्रदान


तनहुँ । तनहुँका सांसद कृष्णकुमार श्रेष्ठको नाम लिन वित्तिकै सामाजिक अभियान्ताको रुपमा चिनिन्छन् । क्षेत्र नं १ बाट तत्कालिन नेकपा एमालेका तर्फबाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित हुनु भएका श्रेष्ठ जहिले पनि सामाजिक अभियानमा सक्रिय हुदै आउनु भएको छ ।

उहाले निर्वाचन अगावै आफुले जितेमा मासिक रुपमा आउने तलब सामाजिक कार्यमा लगाउने बताउनु भएको थियो । उहाले निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई ५ हजार ४ सय ९० मतको अन्तरले जित हासिल गर्नुभयो । जित निकालेपछि अहिले उहा चुनावी प्रतिवद्धता पुरा गर्दै आउनु भएको छ । सोही क्रममा सांसद श्रेष्ठले आफ्नो तलब कहिले विद्यालयको अक्षयकोष त कहिले खानेपानीलाई दिदै आउनु भएको छ । यसक्रममा उहाले पछिल्लो पटकको तलब एक आमा समुहलाई दिनु भएको छ । भानु नगरपालिका–८ का स्वतन्त्र आमा समूहलाई तलब वापत आफुले पाएको रु पचास हजार प्रदान गर्नुभयो ।