जनता टाइम्स

२९ चैत्र २०७६, शनिबार ११:४७

कोरोना रोकथामका विषयमा प्रधानमन्त्रीद्वारा मुख्यमन्त्रीसँग भिडियो कन्फ्ररेन्स


काठमाडौं, चैत २९

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण फैलन नदिन सातै प्रदेशले गरेका कामकारवाहीका विषयमा जानकारी लिनु भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट उहाले सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फ्ररेन्स गरिरहनु भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार कोरोना भाइरसको संक्रमण फैलन नदिन भईरहेका कामकारवाहीका विषयमा छलफल भईरहेको जानकारी दिनुभयो । उहाले आएका चुनौति र गर्नुपर्ने थप कामका विषयमा कुराकानी भएको बताउनु भयो । विशेषगरी प्रदेश सरकारले स्वास्थ्य सामग्री नभएको विषय उठाएका छन् । छलफल अहिले पनि जारी रहेको छ ।

नेपालमा हालसम्म बागमति प्रदेशमा २, गण्डकीमा दुई र सूदुरपश्चिम प्रदेशमा चार जना संक्रमित भेटिएका छन् । अर्का एक संक्रमित भने यसअघि नै भाइरसमुक्त भएर सामान्य जिवन यापन गरिरहेका छन् ।