काठमाडौं, चैत २९
कोभिड–१९ भाइरसको महामारीले त्रासदीपूर्ण अवस्थामा पनि महिला हिंसाका घटना बढ्दै गएको एक अध्ययनले देखाएको छ । सम्भावित संक्रमणबाट सुरक्षित रहन घर भित्र बस्नुपर्दा हिंसाको घटना बढेको देखाएको हो ।
सरकारले दुई पटक सम्म लकडाउनको अवधि बढाइरहदाँ शुक्रबार लकडाउनको १८ औ दिनसम्ममा करिब ४६ महिला तथा बालिकामाथि हिंसा भएको घटना अभिलेखिकरण भएको छ । जसमा २९ वटा घरेलु हिंसा, ८ वटा समाजिक हिसा, ६ वटा बलात्कार, १ वटा हत्या, १ वटा हत्या वा आत्महत्या अनुसन्धानको क्रममा रहेको, १ वटा यौन दूव्र्यवहारका घटना रहेका छन् । महिला पुनस्र्थापना केन्द्र ओरेकका कार्यालयहरुमा ११ वटा जिल्लाबाट लकडाउनको अवधि सुरुभएबाट करिब ४६ घटनाहरु दर्ता भएको जनाएको छ ।
घटनाहरुलाई हेर्दा २६ वटा घटनाहरु श्रीमानबाट, ७ वटा परिवारका सदस्यवाट, ८ वटा छिमेकीबाट, २ वटा प्रेमी ठानिएका व्यक्ति, १ वटा साथीबाट र १ घरमालिकबाट हिंसा भएको पाईएको छ । बलात्कारका घटनामा ३ वटा छिमेकीबाट, १ वटा बुबावाट, १ वटा प्रेमी ठानिएका व्यक्तिबाट र १ वटा पहिचान नखुलेको व्यक्तिबाट भएको जनाएको छ । बलात्कारका ५ वटै घटना प्रहरीमा उजुरी दर्ता भईसकेको छ । घरेलु हिंसाका घटनामध्ये ४ वटा मेलमिलाप समितीमा गएको, ५ वटा प्रहरीमा उजुरी दर्ता गराइएको, ५ जना हिंसा सहन नसकेर आमाबुवाको घर\आफन्तकोमा गएर बसेको, १ जना बेपत्ता भएको छ भने बाँकी घरमा नै बसि रहेको अवस्था छ । सामाजिक हिंसाका घटनामध्ये ३ वटा प्रहरीमा उजुरी दर्ता भएको संस्थाले जारी विज्ञप्तिमा उल्लेख छ ।
हिंसा प्रभावितका लागि स्थापना भएका सहयोगी संयन्त्रहरुले समेत सहज रुपमा सेवा प्रदान गर्न नसकिरहेको अवस्था, अदालत लगायतका न्याय प्रदान गर्ने निकायहरु समेत बन्द÷नियमित सुचारु हुन नसकेको अवस्थामा महिलाहरुलाई आफुमाथि भएको हिंसाका विरुद्धमा बोल्न र न्यायका लागि पहल गर्न सहज स्थिती नभएको आरेकले जनाएको छ ।
यसर्थ यसप्रति ध्यानाकर्षण जनाउदै महिला अधिकारको क्षेत्रमा लाम्रो समयदेखि अभियानरत संस्था ओरेकले यस प्रकोपको अवस्थामा पनि हिंसा विरुद्ध नेपाल सरकारले लिएको शून्य सहनशिलतालाई कायम राखी प्रहरी र न्यायिक समितिले आवश्यक सहयोग गर्नुपर्ने, हिंसा प्रभावितका लागि स्थापना भएका सहयोगी संयन्त्रहरुले हिंसा प्रभावितको आवश्यकता अनुरुप सुरक्षाआवास, मनोपरामर्श, स्वास्थ्य तथा कानुनी सहयोग सेवालाई संक्रमणको सुरक्षा अपनाई निरन्तरता दिनुपर्ने र सबै क्वारेन्टाइन स्थलहरुमा महिला, बालिका र लैगिंक तथा यौनिक पहिचान भएका व्यक्तिको लागि छुट्टै बस्ने व्यवस्थाको साथै छुट्टै चर्पी एवं नुहाउने ठाउँको व्यवस्था गर्नुपर्ने तर्फ ध्यान दिन अहिलेको अवस्थामा अति आवश्यक रहेको संस्थाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्