काठमाडौं, चैत २९
सरकारले कोरोना भाइरसको नमुना परीक्षणको दायरा दैनिक रुपमा बढाउँदै लगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसिआर मेसिन र र्यापिट टेष्ट किट गरी दुवै तरिकाबाट नमुना परीक्षणको दायरा बढाउदै लगिएको जनाएको हो ।
मन्त्रालयमा आयोजित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा. विकास देवकोटाले हालसम्म ४ हजार ४ सय २६ जनाको नमुना परीक्षण गरिएको जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा ८९७ जनाको नमुना परीक्षण गरिएको छ । तीमध्ये राष्टिय जनस्वास्थ्य प्रयोगशालामा ३ हजार ३९२ र काठमाडौंबाहिर ७४२ वटा गरिएको छ ।
गत २४ घण्टामा काठमाडौंमा ६ सय ९ जना र बाहिर २८८ वटा नमुना परीक्षण गरिएको छ । देशभर ८ हजार ८२ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै आइसोलेसनमा कुल ८२ जना रहेका छन् । तीमध्ये काठमाडौंमा १५ जना र काठमाडौंबाहिर ६७ जना रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्