जनता टाइम्स

३० चैत्र २०७६, आईतवार ०७:१३

कोभिड–१९बाट विश्वभर २४ घण्टामा ८० हजार भन्दावढी नयाँ संक्रमित, ४ लाख २ हजार ७०९ जना उपचारपछि निको भए


काठमाडौं, चैत ३० । विश्वभर महामारीको रुप फैलिएको कोरोना भाइरस ९कोभिड–१९० बाट संक्रमितको संख्या १७ लाख ७९ हजार १ सय १५ पुगेको छ । बितेको २४ घण्टामा ८० हजार २१८ नयाँ संक्रमित थपिए भने ६ हजार ८३ जनाको मृत्यु भएको छ । अब कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ८ हजार ७७० पुगेको वल्र्ड मिटरले जनाएको छ ।

संक्रमितमध्ये ४ लाख २ हजार ७०९ जना उपचारपछि निको भएर फर्किएका छन् । अहिले १२ लाख ६७ हजार ६२० जना कोरोना संक्रमित विभिन्न अस्पतालमा उपचाररत छन् । जसमध्ये ५० हजार ५८४ जनाको अवस्था गम्भीर छ । इटालीमा एकैदिन ६१९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या हजार ४६८ पुगेको हो ।

इटालीमा एकैदिन ६१९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ५२ हजार २७१ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ३२ हजार ५३४ जना उपचारपछि निको भएका छन् । ३ हजार ३८१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । १ लाख २६९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बेलायतमा पछिल्लो २४ घण्टामा ९१७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ९ हजार ८७५ पुगेको छ । कोरोना भाइरसबाट संक्रमितको संख्या ७८ हजार ९९१ पुगको छ । जसमा एकै दिन ५ हजार २३३ जना संक्रमित भएको जनाइएको छ ।

बेलायतमा संक्रमितमध्ये ३४४ जना उपचारपछि निको भएका छन् । १ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । संक्रमितमध्ये ६८ हजार ७७२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । स्पेनमा पछिल्लो २४ घण्टामा ५२५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १६ हजार ६०६ पुगेको छ । स्पेनमा एकैदिन ४ हजार ७५० जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ६३ हजार २७ पुगेको छ । स्पेनमा संक्रमितमध्ये ५९ हजार १०९ जना उपचारपछि निको भएका छन् । ७ हजार ३७१ जनाको अवस्था गम्भीर रहेको छ भने ८७ हजार ३१२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा ३९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २८८ पुगेको छ । भारतमा एकैदिन ८ सय ४६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ८ हजार ४४६ पुगेको छ । भारतमा संक्रमितमध्ये ९६९ जना उपचारपछि निको भएका छन् ।