जनता टाइम्स

१ बैशाख २०७७, सोमबार १३:३०

यो साता ३५ हजारको कोरोना परीक्षण गर्ने तयारी


काठमाडौं, बैशाख १

सरकारले यस साता मात्रै ३५ हजारको कोरोना परीक्षण गर्ने तयारी गरेको छ । सातै प्रदेशमा प्रयोगशाला स्थापना भईसक्ने र ३५ हजारको परीक्षण गर्ने तयारी भईरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

विशेषगरी विदेशबाट आएका, सरकारी क्वारेन्टाइनमा रहेका र संक्रमितको वरिपरि रहेका मानिसहरुमा परीक्षण गरिनेछ । हालसम्म पीसीआर र ¥यापिड कीटबाट ८ हजार बढीको परिक्षण भईसकेको छ । ७७ वटै जिल्लामा ३५ हजार किट पुगेको र ति यसै साताभित्र प्रयोगमा आईसक्ने मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

अहिलेसम्मको परीक्षणबाट प्रदेश–२ र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढि जोखिम देखिएको छ । भारतमा दैनिक जसो कोरोनाको सक्रमण बढ्नु र त्यहासँग प्रत्यक्ष सम्बन्ध राख्ने व्यक्तिहरु सो प्रदेशमा बढि बस्ने भएकाले जोखिम बढि नै हुने अधिकारीहरुले बताएका छन् ।