काठमाडौं, बैशाख २ । लकडाउनको कारण यतिबेला देशभरिको आवागमन ठप्प छ । लकडाउनको समय लम्बिदै जाँदा दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका श्रमिक वर्गको जीवन यापन झनै कष्टकर बनिरहेको छ । उनीहरुको कष्टपुर्ण दैनिकीलाई मध्यनजर गर्दै कामनपा २९ सामाखुसी कपुरधारा निवासी विष्णुकुमार महत र पुर्णमान गुभाजूले संयूक्त रुपमा एक सय जना विपन्न परिवारलाई केही खाद्यान्नसहितको राहत सामग्री वितरण गर्नुभएको छ ।
उहाँहरुले क्षेत्र आसपासमा ज्याला मजदुरी गर्दै आएका अति विपन्न परिवारहरुलाई राहत सामग्री उपलब्ध गराउनु भएको हो । स्थानीयस्तरमा दैनिक ज्याला मजदरी गर्ने व्यक्तिका परिवारहरु खाननपाएर बिरामी पर्न थालेपछि उहाँहरु व्यक्तिगत पहलमा नै राहत वितरणमा जुटनुभएको हो । राहत स्वरुप उहाँहरुले पाँच किलो चामल, दाल र नुनउ पलब्ध गराउनु भएको छ । कोरोनाको कारण दैनिक जीवन यापनमा अप्ठेरो भइरहेको समयमा केही दिनको लागि जाउलो भएपनि खाने वातावरण होस भनेर सानो पहल गरेको समाजसेवी विष्णुकमार महतले बताउनु भयो ।
परिवेश महत खानेपानी सप्लायर्सका संञ्चालकसमेत रहनुभएका महतले लकडाउनको समयमा यसअघि पनि सम्वन्धित वडा कार्यालयको सिफारिसमा सडकमा आश्रितहरुलाई खाना खुवाउने कार्य गर्दै आउनुभएको छ । रानीबारी प्रहरी बीटमा कार्यरत प्रहरीहरुको संयोजनमा राहात वितरण कार्य व्यवस्थित तरिकाले सम्पन्न भएको थियो । लकडाउनको समय लम्बिँदै जाँदा यतिबेला दैनिक ज्यालादारीमा काम गर्ने ४४ लाख श्रमिकको दैनिकी कष्टकर बन्दै गएको छ । कोरानाभाइरस (कोभिड–१९) को संक्रमणपछिको लकडाउनमा निर्माण र उद्योग क्षेत्र पूर्ण रूपमा बन्द छन् ।
प्रतिक्रिया दिनुहोस्