जनता टाइम्स

२ बैशाख २०७७, मंगलवार १४:५८

मास्क र पञ्जामा प्रधानमन्त्री ओली


काठमाडौं, बैशाख २

प्रधानमन्त्री केपी शर्मा ओली मास्क र पञ्जासहित मन्त्रिपरिषद् बैठकमा उपस्थित हुनु भएको छ । भौतिक दूरी कायम गर्दै मंगलबार विहान साढे ११ बजेदेखी बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओली मास्क र पञ्जासहित उपस्थित हुनु भएको हो ।

यसअघिका बैठकमा उहाले प्राय मास्क मात्र लगाउनु हुन्थ्यो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन घण्टादेखि बसिरहेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने र केही महत्वपूर्ण निर्णय गर्ने बताइएको छ । सरकारले अन्तिम पटक घोषणा गरेको लकडाउनको समय भोली (बैशाख ३ गते) सकिदैछ ।