रौतहट, बैशाख २
रौतहटका कोरोना संक्रमित १९ वर्षिय युवाको परिवारका सबैको कोरोना परीक्षण रिपोर्ट निगेटिभ आएको छ । इसनाथ नगरपालिकामा बस्ने युवामा कोरोना पोजेटिभ देखिएसँगै उनको परिवारका सदस्यहरुको पनि कोरोना र्यापिडटेस्टमार्फत परीक्षण गरिएको थियो ।
युुवकका घरका परिवार सदस्य १४ जनासहित जम्मा ३९ जनाको टेस्ट गरिएको थियो । सबैको रिर्पोट नेगेटिभ आएको गौर अस्पतालका मेसु कृष्ण साहले जानकारी दिनुभयो । साथै उनी बस्ने गरेको क्वारेनटाइनमा कार्यरत स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको पनि (र्यापिड डाइगोनिष्ट विधिबाट) परीक्षण गरिएको छ । कोरोना संक्रमित युवकका परिवारका सबै सदस्यहरुलाई पनि क्वारेनटाइमा राखिएको छ ।
गत चैत्र १६ गते मध्यरातमा दिल्लीबाट नेपाल आइपुगेका उनलाई १७ गते बिहानै सोही नगरपालिकाको जनता मावि औरैयाको क्वारेनटाइनमा राखिएको थियो ।
प्रतिक्रिया दिनुहोस्