काठमाडौं, बैशाख ३
र्यापिड टेस्टमा पोजेटिभ नतिजा देखिएका दुई जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । गोरखाका युवक र सनसिटीमा एक महिलामा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।
गोरखाको आरुघाट गाउँपालिकाका युवकमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोरोना परीक्षण प्रयोगशालामा परीक्षण गर्दा उनमा कोरोना संक्रमण नभएको पुष्टि भएको गोरखा अस्पतालका कोभिड १९ फोकल पर्सन नारायण अर्यालले जानकारी दिनुभयो । मंगलबार आरुघाट गाउँपालिकामा आरडीटी विधिबाट परीक्षण गर्दा आरुघाट गाउँपालिका ५ का ३१ वर्षका एक युवकमा एन्टीबडी पोजेटिभ देखिएको थियो । उनी गत फागुन २२ गते बहराइनबाट फर्किएका थिए ।
यसैगरी चैत ४ गते राति लण्डनबाट काठमाडौं आएका एकै परिवारका तीन जना मध्ये ५२ वर्षिया महिलाको दोस्रो नतिजा पनि नेगेटिभ आएको छ । आरडीटी प्रविधिबाट परीक्षण गर्दा पोजेटिभ आएपछि पाटन अस्पताल भर्ना गरिएको थियो । परिवारका अन्य दुई जनालाई भने पोजेटिभ देखिएको थियो ।
प्रतिक्रिया दिनुहोस्