काठमाडौं, बैशाख ४
गृह मन्त्रालयले भारतको क्वारेन्टाइनमा रहेर आमाको मृत्युसंस्कार गरेकालाई तत्काल घर ल्याउन निर्देशन दिएको छ । शैल्यशिखर नगरपालिका–१, दार्चुलाका वासुदेव भट्ट कोरोनाका कारण नेपाल आउन नपाएपछि सिमा नजिकै काजकिरियामा बसेका थिए ।
यसविषयमा समाचार सार्वजनिक भएपछि मन्त्रालयले भट्टलाई आमाको मृत्युसंस्कारका लागि नेपाल ल्याउने वातावरण मिलाउन जिल्ला प्रशासन कार्यालय दार्चुलालाई निर्देशन दिएको हो । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भट्टलाई नेपाल ल्याउन आवश्यक समन्वयका लागि दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टलाई निर्देशन दिइएको बताउनु भयो ।
‘मृत्युसंस्कार जस्तो संवेदनशील काममा आउनेलाई उतै रोक्ने भन्ने कुरै आउँदैन, यताबाट कुनै समस्या छैन,’ प्रवक्ता शर्माले टेलिफोनमा भन्नुभयो । गृहको निर्देशनपछि दार्चुला प्रशासनले भट्टलाई स्वदेश ल्याउन पहल गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्