जनता टाइम्स

४ बैशाख २०७७, बिहीबार १८:१६

चैत महिनामा विदेशबाट आएकाले कोरोना जाँच गराउनुपर्ने


काठमाडौं, बैशाख ४

स्वास्थ्य तथा जनसख्या मन्त्रालयले कोभिड–१९ निदानका लागि चैत महिनामा विदेशबाट आएका सबैलाई कोरोना परीक्षण गराउन अनुरोध गरेको छ । मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रले आज एक सुचना जारी गरी आरडीटी विधिबाट परीक्षण गराउन भनेको हो ।

मन्त्रालयले कोभिड पोजेटिभ बिरामीको सम्पर्कमा आएका, कोभिडको लक्षण देखिएका र उनिहरुका सम्पर्कमा आएका सबैलाई पनि परीक्षण गर्न अनुरोध गरेको छ । यस्तै, १४ दिन भन्दा बढि क्वारेन्र्टानमा बसेका, कोभिड उपचार, निदान, नियन्त्रण अभियानमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सहित सबैलाई कोरोनाको परीक्षण गराउन भनेको छ ।