जनता टाइम्स

५ बैशाख २०७७, शुक्रबार १२:४७

भारतबाट आएका १२ मजदुरलाई क्वारेन्टाइनमा राखियो


दार्चुला, बैशाख ५

भारत पिथौरागढ जिल्लाको मदकोट क्षेत्रबाट फर्किएका नेपालीलाई क्वारेन्टाइनमा लगिएको छ । मजदूरी गर्न गएका नेपाली महाकाली नदीमा ट्युबको सहायताबाट स्वदेश फर्किएका थिए । महाकाली नगरपालिका–९ बेतबाट १२ जना नेपाली स्वदेश फर्किएका हुन् ।

उनीहरुलाई महाकाली नगरपालिकाको महेन्द्र नमूना माविको क्वारेन्टाइनमा राखिएको छ । स्वदेश फर्किएकालाई सुरक्षाकर्मीले सवारी साधनमा राखेर शुक्रबार महाकाली नगरपालिकाको महेन्द्र नमूना माविको क्वारेन्टाइनमा लगेको छ ।