काठमाडौं, बैशाख ५
चितवनको भरतपुर अस्पतालमा रहेको आइसोलेसनमा रहेका दुई व्यक्तिमा कोरोना संक्रमण देखिएपछि थप यकिन गर्न स्वाब काठमाडौं ल्याइएको छ । भरतपुरकै प्रयोगशालामा गरिएको स्वाबको पीसीआर परीक्षणमा दुवै जनाको रिपोर्ट पोजिटिभ देखिएको हो । दुई नमुना थप परीक्षणका लागि काठमाडौं ल्याइएको बताइएको छ । दुबैजना राप्ती नगरपालिकाका बासिन्दा हुन् । चितवनबाट हालसम्म आएको ३६ वटा नमुनामा बिहीबार साँझ ३१ वटाको रिपोर्ट पठाइएको र बाँकी ५ वटा रिपोर्ट राति पठाइएको थियो ।
राति पठाइएको रिपोर्टमा तिन जनाको नेगेटिभ पुष्टि भएको र दुइटा थप परीक्षणका लागि पुनः स्वाव ल्याइएको हो । उक्त दुई जना नै एक महिनाअघि विदेशबाट आएका थिए । हाल उनीहरूमा कुनै लक्षण नदेखिएको र अवस्था सामान्य रहेको बताइएको छ । भरतपुरमा हाल ३० शय्याको आइसोलेसन वार्ड रहेको छ भने अहिलेसम्म २१४ जनाको स्वाब परीक्षण भएको छ।
प्रतिक्रिया दिनुहोस्