मकवानपुर, बैशाख ५
हेटौंडा उपमहानगरपालिकामा र्यापिड टेस्टमा एन्टिबडी पोजिटिभ देखिएका चारजनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । र्यापिड चार जनाको पोजेटिभ देखिएपछि उनिहरुको स्वाब परीक्षणका लागि हेटौंडाको प्रयोगशाला पठाइएको थियो ।
हेटौंडा–१० स्थित कोरोना परीक्षण प्रयोगशालाबाट प्राप्त रिपोर्ट अनुसार चारै जनाको नेगेटिभ पाइएको प्रयोगशालाले जनाएको छ । शुक्रबार बिहान स्वाबको पीसीआर रिपोर्ट नेगेटिभ आएको वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
हेटौंडा–४ स्थित बासुदेव सभागृहमा बिहीबार भएको ४० जनाको टेस्ट मध्ये भारत बिहार घर भई हेटौंडा–४ आफन्तमा आएकी ५५ वर्षीया महिला, भारत गएर फर्किएका हेटौंडा–२ का ६७ वर्षीय एक वृृद्ध, भारत बैंग्लौरबाट फर्किएका हेटौंडा–५ का २४ वर्षीय एक युवक र साउदी अरबबाट फर्किएका हेटौंडा–४ का ३२ वर्षीय एक युवकको र्यापिड टेस्टमा एन्टिबडी पोजिटिभ देखाएको थियो । उनीहरुहरुलाई आइसोलेसनमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्