जनता टाइम्स

९ बैशाख २०७७, मंगलवार १७:१७

मुस्लिम आयोगको संयोजनमा काठमाडौंका मस्जिदमा अनुगमन


काठमाडौं, बैशाख ९

मुस्लिम आयोगको संयोजनमा जमातीहरु रहेको हुन सक्ने भन्ने आशंकामा काठमाडौंका चारवटा मस्जिदहरुमा अनुगमन भएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यसहित मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी, मानवअधिकार आयोगकी मोहना अन्सारी, प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेललगायतको टोलीले रत्नपार्कस्थित नेपाली जामे मस्जिद, कास्मिरी मस्जिद र सुनधारा र स्वयम्भूस्थित भूँइखेलका मस्जिदको अनुगमन गर्नुभयो ।

वीरगञ्ज–२ छपकैया स्थित जामे मस्जिदमा बस्दै आएका केहीमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसको केही दिनपछि उयपुरको एउटै मस्जिदमा बस्दै आएका १६ जनामध्ये १३ जनालाई कोरोना संक्रमण पोजेटिभ देखिएको थियो ।

दुबै ठाउँका मस्जिदमै बसेकाहरुमा कोरोना पोजेटिभ देखिएपछि अन्य मस्जिदहरुमा पनि जमातीहरु बस्न सक्ने र उनीहरुमा कोरोनाको संक्रमण हुन सक्ने भन्दै विभिन्न सञ्चार माध्ययममा समाचार आइरहेका बेला मुस्लिम समूदायको सबै भन्दा बढी भीडभाड हुने यी चार स्थानको अनुगमन गरिएको हो ।